झापा। झापाको अर्जुनधारा-१ स्थित साधुटार गुरुकुलमा आर्थिक अभाव भएपछि सञ्चालकहरूले एक रूपैयाँ दान अभियान शुरु गरेका छन्। प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाले पाँच वर्षसम्म दैनिक एक रूपैयाँका दरले हुने रकम दान गर्दै शनिबार अभियानको शुरुआत गरेका हुन्।

गुरुकुलका प्राचार्य लक्ष्मीप्रसाद खतिवडाले आगामी पाँच वर्षभित्रमा एक रूपैयाँ दान अभियानबाट संस्थालाई ११ करोड सहयोग सङ्कलन गर्ने लक्ष्य लिइएको बताए। इलाम जिल्लाको सिमानामा प्राकृतिक रूपमा रमणीय स्थानमा चार बिघा क्षेत्रफलमा साधुटार धार्मिक पर्यटकीय स्थल रहेको छ। शङ्कराचार्य पीठका रूपमा प्रख्यात सो स्थानमा सञ्चालित गुरुकुलमा एक सय विद्यार्थीले अध्ययन गर्दै आएका छन्।

धार्मिक पर्यटकको दानबाट प्राप्त हुने स्रोतबाट नै गर्जो टार्दै आएको गुरुकुल कोभिड-१९ को विश्वव्यापी महामारीबाट आर्थिक सङ्कटमा फसेपछि सहयोग सङ्कलनका लागि एक रूपैयाँ दान अभियान शुरु गरिएको गुरुकुलका प्राचार्य खतिवडाले बताए।

रासस

" /> झापा। झापाको अर्जुनधारा-१ स्थित साधुटार गुरुकुलमा आर्थिक अभाव भएपछि सञ्चालकहरूले एक रूपैयाँ दान अभियान शुरु गरेका छन्। प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाले पाँच वर्षसम्म दैनिक एक रूपैयाँका दरले हुने रकम दान गर्दै शनिबार अभियानको शुरुआत गरेका हुन्।

गुरुकुलका प्राचार्य लक्ष्मीप्रसाद खतिवडाले आगामी पाँच वर्षभित्रमा एक रूपैयाँ दान अभियानबाट संस्थालाई ११ करोड सहयोग सङ्कलन गर्ने लक्ष्य लिइएको बताए। इलाम जिल्लाको सिमानामा प्राकृतिक रूपमा रमणीय स्थानमा चार बिघा क्षेत्रफलमा साधुटार धार्मिक पर्यटकीय स्थल रहेको छ। शङ्कराचार्य पीठका रूपमा प्रख्यात सो स्थानमा सञ्चालित गुरुकुलमा एक सय विद्यार्थीले अध्ययन गर्दै आएका छन्।

धार्मिक पर्यटकको दानबाट प्राप्त हुने स्रोतबाट नै गर्जो टार्दै आएको गुरुकुल कोभिड-१९ को विश्वव्यापी महामारीबाट आर्थिक सङ्कटमा फसेपछि सहयोग सङ्कलनका लागि एक रूपैयाँ दान अभियान शुरु गरिएको गुरुकुलका प्राचार्य खतिवडाले बताए।

रासस

"> गुरुकुलका लागि एक रूपैयाँ दान अभियान शुरु: Dekhapadhi
गुरुकुलका लागि एक रूपैयाँ दान अभियान शुरु <p style="text-align: justify;">झापा। झापाको अर्जुनधारा-१ स्थित साधुटार गुरुकुलमा आर्थिक अभाव भएपछि सञ्चालकहरूले एक रूपैयाँ दान अभियान शुरु गरेका छन्। प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाले पाँच वर्षसम्म दैनिक एक रूपैयाँका दरले हुने रकम दान गर्दै शनिबार अभियानको शुरुआत गरेका हुन्।</p> <p style="text-align: justify;">गुरुकुलका प्राचार्य लक्ष्मीप्रसाद खतिवडाले आगामी पाँच वर्षभित्रमा एक रूपैयाँ दान अभियानबाट संस्थालाई ११ करोड सहयोग सङ्कलन गर्ने लक्ष्य लिइएको बताए। इलाम जिल्लाको सिमानामा प्राकृतिक रूपमा रमणीय स्थानमा चार बिघा क्षेत्रफलमा साधुटार धार्मिक पर्यटकीय स्थल रहेको छ। शङ्कराचार्य पीठका रूपमा प्रख्यात सो स्थानमा सञ्चालित गुरुकुलमा एक सय विद्यार्थीले अध्ययन गर्दै आएका छन्।</p> <p style="text-align: justify;">धार्मिक पर्यटकको दानबाट प्राप्त हुने स्रोतबाट नै गर्जो टार्दै आएको गुरुकुल कोभिड-१९ को विश्वव्यापी महामारीबाट आर्थिक सङ्कटमा फसेपछि सहयोग सङ्कलनका लागि एक रूपैयाँ दान अभियान शुरु गरिएको गुरुकुलका प्राचार्य खतिवडाले बताए।</p> <p style="text-align: right;"><em>रासस</em></p>
प्रतिक्रिया दिनुहोस्