आज काठमाडौँ उपत्यकाको मौसम सामान्यतः सफा रहने
काठमाडौँ। आज काठमाडौँ उपत्यकाको मौसम दिनभर सामान्य रूपमा सफा रहने जनाइएको छ।

वेदर फोरकास्ट डट कमले आज बिहान ४ बजेको भूउपग्रह डाटाबाट गरेको अनुमानअनुसार आगामी तीन दिनसम्म तापमान बुधबार दिउँसो अधिकतम २१ डिग्री सेल्सियससम्म पुग्ने र मंगलबार राति न्यूनतम ८ डिग्री सेल्सियससम्म पुग्ने जनाइएको छ।

आज बिहान तापक्रम ७ डिग्री सेल्सियसबाट क्रमशः ८ बजेतिर १५ डिग्री हुँदै मध्यदिनसम्म २० डिग्री पुग्नेछ। त्यसपछि २ बजेबाट १९ डिग्री हुँदै साँझ १४ डिग्री र राति ९ डिग्रीसम्म तापक्रम झर्ने अनुमान गरिएको छ।

आज पानी पर्ने सम्भावना नरहेको पनि वेदर फोरकास्ट डट कमले जनाएको छ।

त्यस्तै, आज आर्द्रता बिहान ५ बजे ६० प्रतिशत रहेकोमा क्रमशः मध्यदिनमा ३७ प्रतिशतमा झर्ने र साँझ ४८ प्रतिशत हुँदै राति ५७ प्रतिशतसम्म पुग्ने अनुमान छ।

प्रतिक्रिया दिनुहोस्