काठमाडौं। काठमाडौंको बुढानीलकण्ठ नगरपालिका-७ विष्णुमती चोकबाट १०३ ग्राम तौल भएको प्रतिबन्धित भालुको पित्तसहित एक जनालाई प्रहरीले आज पक्राउ गरेको छ।
पक्राउ पर्नेमा संखुवासभा जिल्ला चिचिला गाउँपालिका-२ घर भएका ३२ वर्षीय बिगुन राई रहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
प्रतिबन्धित भालुको पित्त अवैध रुपमा बिक्रीका लागि लुकाइछिपाइ ल्याउँदै गरेको भन्ने सूचनाको आधारमा महानगरीय अपराध महाशाखा मीनभवनबाट खटिएको प्रहरीले उनलाई पित्तसहित फेला पारी पक्राउ गरेको हो ।
बरामद भालुको पित्त प्रतिग्राम २५ हजारका दरले बिक्री गर्ने उद्देश्यले ल्याएको खुल्न आएको महाशाखाका प्रमुख दीपक थापाले बताए।
" /> काठमाडौं। काठमाडौंको बुढानीलकण्ठ नगरपालिका-७ विष्णुमती चोकबाट १०३ ग्राम तौल भएको प्रतिबन्धित भालुको पित्तसहित एक जनालाई प्रहरीले आज पक्राउ गरेको छ।पक्राउ पर्नेमा संखुवासभा जिल्ला चिचिला गाउँपालिका-२ घर भएका ३२ वर्षीय बिगुन राई रहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

">