काठमाडौं। नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश समितिको दोस्रो साधारणसभा तथा अधिवेशनका अवसरमा प्रेस स्वतन्त्रता सेनानी माधव शर्मा सम्मानित भएका छन्।
शर्मालाई गण्डकी प्रदेशका सभामुख नेत्रनाथ अधिकारीले रुद्रबहादुर भट्टराई स्मृति पत्रकारिता पुरस्कार २०७७ बाट ५१ हजारसहित पुरस्कृत गरे।
कार्यक्रममा सभामुख अधिकारीले पत्रकार जगतले सत्य र सही सूचना सम्प्रेषण गरेर समाज रुपान्तरण गर्नुपर्ने बताए। पछिल्लो समयमा सत्य र तथ्य तोडफोड गरेर अफवाह फैलाउने काम भइरहेको जनाउँदै पत्रकारले सत्य समाचारमा जोड दिएर गालीगलौज पत्रकारिता त्याग्नु पर्ने बताए।
सम्मानित पत्रकार शर्माले पत्रकारिता क्षेत्रमा ५० वर्ष बिताएको अनुभव सुनाउँदै सम्मानले थप जिम्मेवारी बोध गरेको बताए। प्रेस काउन्सिलका सदस्य दुर्गा भण्डारीले पत्रकारले आचारसंहिता पालना गरेर समाचार सम्प्रेषण गर्नु पर्ने बताए।
पत्रकार महासंघका केन्द्रीय उपाध्यक्ष बिपुल पोख्रेलले पेशागत मर्यादामा सबै पत्रकार बस्नुपर्ने बताए। पुरस्कार अक्षयकोषका संरक्षक गोपी भट्टराईले समाज रुपान्तरणमा भूमिका खेल्ने पत्रकार जगतप्रति केही गर्ने चाहना बुबाको रहेकाले अक्षयकोष स्थापना गरिएको जानकारी दिए।
रासस

कार्यक्रममा सभामुख अधिकारीले पत्रकार जगतले सत्य र सही सूचना सम्प्रेषण गरेर समाज रुपान्तरण गर्नुपर्ने बताए।
">