काठमाडौं। मोरङको सुन्दरहरैचा नगरपालिका–१० खुर्साने चोकमा ट्रकको ठक्करबाट एक जना पुरुषको मृत्यु भएको छ।
मृत्यु हुनेमा ६७ वर्षीया रत्नबहादुर श्रेष्ठ रहेका छन्। जिल्लाको लेटाङ नगरपालिका वडा नम्बर – २ घर भएका उनी साइकलमा सवार थिए।
उनलाई ना.३ ख ५६९१ नम्बरको ट्रकले शनिबार दिउँसो ठक्कर दिएको हो। ठक्करबाट उनी गम्भीर घाइते भएका थिए।
उनको न्यूरो अस्पताल विराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो। ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
यस्तै, मकवानपुरको बागमती गाउँपालिका –४ मा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ।
हेटौंडा उपमहानगरपालिका – ६ बस्ने ३० वर्षीय आशिक श्रेष्ठको मृत्यु भएको हो।
उनी पछाडि सवार प्रदेश नम्बर ३–०३–००१ प ८८९७ नम्बरको मोटरसाइकल अनियन्त्रित भई शनिबार साँझ दुर्घटना हुँदा भएको हो। दुर्घटनामा परी उनी गम्भीर घाइते भएका थिए।
हेटौंडा अस्पतालमा उपचारको क्रममा उनको मृत्यु भएको हो। मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
शनिबार नै खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका – १ बैंक चोकमा ट्याक्टरको ठक्करबाट एक जना पुरूषको मृत्यु भएको छ।
सोही नगरपालिका – ६ नेर्पामोछा घर भएका ३५ वर्षीय गोरखनाथ गेलालको शनिबार साँझ मृत्यु भएको हो।
ना.५ त ६६९१ नम्बरको ट्याक्टरको ठक्करबाट गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल खोटाङमा उपचारको क्रममा मृत्यु भएको हो। प्रहरीले ट्याक्टर चालकलाई नियन्त्रणमा लिएको छ।
यसैबीच, सर्लाहीको लालबन्दी नगरपालिका –७ मा ट्रकमा मोटरसाइकल ठोक्किन पुग्दा एक जनाको मृत्यु भएको छ।
मृत्यु हुनेमा ३५ वर्षीय सञ्जिव कार्की रहेका छन्। उनी सोही नगरपालिका वडा नम्बर – ६ का हुन्।
उनले चलाएको बा.१० प ५०९४ नम्बरको मोटरसाइकल ना.४ ख २११८ नम्बरको ट्रकमा ठोक्किएर शनिबार राति दुर्घटना भएको हो।
" /> काठमाडौं। मोरङको सुन्दरहरैचा नगरपालिका–१० खुर्साने चोकमा ट्रकको ठक्करबाट एक जना पुरुषको मृत्यु भएको छ।

">