झापा। पर्यटन प्रवर्द्धनको विकास गराउने उद्देश्यले सरकारले छनोट गरेका देशभरका दुई सय नयाँ पर्यटकीय गन्तव्यको सूचीमा झापाका १० ओटा स्थान छनोट भएका छन् ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले छनोट गरेको सूचीमा जिल्लाका विभिन्न १० वटा स्थानलाई पर्यटकीय गन्तव्यहरुको सूचीमा समावेश गरिएको छ । ती स्थानको प्रवद्र्धनको लागत भने ४८ करोड रुपैयाँभन्दा बढी रहेको छ ।
मन्त्रालयको छनोटमा परेका गन्तव्य योजनाहरुमा अर्जुनधाराको हलुवागढ पर्यटन प्रवर्द्धन परियोजनाको कुल लागत छ करोड ७० लाख अनुमान गरिएकामा मन्त्रालयबाट चार करोड ३५ लाख छुट्याइएको छ ।
यस्तै शिवसताक्षीको दोमुखा चिल्ड्रेन पार्कको कुल लागत दुई करोड अनुमान रहेकामा एक करोड ३० लाख मन्त्रालयबाट विनियोजन हुने तय भएको छ ।
कन्काई नगरपालिकाको कन्काई सामुदायिक वनस्पति उद्यानका लागि रु छ करोड ९० लाख कुल लागत अनुमान रहेकामा चार करोड ४९ लाख विनियोजन हुने भएको छ । छ करोड ७३ लाख अनुमान रहेको भद्रपुरको साइन्स सिटीका लागि चार करोड ३८ लाख मन्त्रालयबाट विनियोजन हुने भएको छ ।
प्रस्ताव आह्वान गरी छनोट गरिएका झापाका अन्य पर्यटकीय गन्तव्यमा हल्दिबारीको भेलागढी लोकतान्त्रिक शहीद स्मृति पार्क, बाह्रदशीको साधूपति झिलसिमसार, नेपालकै होचो भूभाग कचनकवल गाउँपालिकाको केचना स्तम्भ तथा झिल, गौरीगञ्जको कोरोवारी सिमसार तथा कमल गाउँपालिकाको साधुहोली सिमसार रहेका छन् ।
यी प्रत्येक योजनाको कुल लागत पाँच करोडका दरले अनुमान गरिएको छ भने मन्त्रालयले भने तीन करोड ५० लाखका दरले बजेट विनियोजन गरेको छ ।
यस्तै एक करोड ५० लाख कुल लागत अनुमान रहेको दमक नगरपालिकाको इन्द्रेणी तालका लागि ९८ लाख बजेट विनियोजन गरिएको मन्त्रालयले जनाएको छ ।
झापामा छनोट गरिएका योजनाहरुको कुल लागत ४३ करोड ८३ लाख अनुमान गरिएको भए पनि यो वर्ष मन्त्रालयले ३३ करोड बजेट विनियोजन गरेको जनाइएको छ । बाँकी रकम साझेदारका रूपमा स्थानीय तहले स्रोत जुटाउने उल्लेख छ । रासस
" /> झापा। पर्यटन प्रवर्द्धनको विकास गराउने उद्देश्यले सरकारले छनोट गरेका देशभरका दुई सय नयाँ पर्यटकीय गन्तव्यको सूचीमा झापाका १० ओटा स्थान छनोट भएका छन् ।संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले छनोट गरेको सूचीमा जिल्लाका विभिन्न १० वटा स्थानलाई पर्यटकीय गन्तव्यहरुको सूचीमा समावेश गरिएको छ । ती स्थानको प्रवद्र्धनको लागत भने ४८ करोड रुपैयाँभन्दा बढी रहेको छ ।

">