अल्जर्स। अल्जेरियाका राष्ट्रपति अडेल्माड्जीड तेब्बौन लामो समयपछि घर फर्केका छन्। उपचारका लागि जर्मनी गएका राष्ट्रपति अडेल्माड्जीड शुक्रबार स्वदेश फर्केका हुन्। उनलाई सैनिक विमानमा राखेर स्वदेश फिर्ता गरिएको अधिकारीहरूले जनाएका छन्।
उनलाई ल्याएको विमान सैन्य विमानस्थलमै रोकिएको थियो। सो विमानस्थल राजधानी अल्जर्सदेखि ४० किलोमिटर टाढा पर्दछ। राष्ट्रपति अडेल्माड्जीड कोरोनाभाइरसबाट सङ्क्रमित भएपछि उपचारका लागि जर्मनी लगिएको थियो। त्यसपछि उनलाई गत वर्षको डिसेम्बर २० तारिखका दिन स्वदेश ल्याइएको थियो।
फेरि खुट्टाको शल्यक्रिया गर्नुपर्ने भएपछि उनलाई जनवरी १० मा फेरी जर्मनी लगिएको थियो। त्यसपछि उनी घर फर्केका हुन्।
रासस/सिन्ह्वा
" /> अल्जर्स। अल्जेरियाका राष्ट्रपति अडेल्माड्जीड तेब्बौन लामो समयपछि घर फर्केका छन्। उपचारका लागि जर्मनी गएका राष्ट्रपति अडेल्माड्जीड शुक्रबार स्वदेश फर्केका हुन्। उनलाई सैनिक विमानमा राखेर स्वदेश फिर्ता गरिएको अधिकारीहरूले जनाएका छन्।उनलाई ल्याएको विमान सैन्य विमानस्थलमै रोकिएको थियो। सो विमानस्थल राजधानी अल्जर्सदेखि ४० किलोमिटर टाढा पर्दछ। राष्ट्रपति अडेल्माड्जीड कोरोनाभाइरसबाट सङ्क्रमित भएपछि उपचारका लागि जर्मनी लगिएको थियो। त्यसपछि उनलाई गत वर्षको डिसेम्बर २० तारिखका दिन स्वदेश ल्याइएको थियो।
फेरि खुट्टाको शल्यक्रिया गर्नुपर्ने भएपछि उनलाई जनवरी १० मा फेरी जर्मनी लगिएको थियो। त्यसपछि उनी घर फर्केका हुन्।
रासस/सिन्ह्वा
">