काठमाडौं। उपत्यकाको सभ्यताको स्रोत वाग्मती नदी किनारस्थित आ-आफ्ना घर एवं कार्यालय अघि फोहर फाल्ने दुई व्यक्ति र एक व्यवसायीलाई कारबाही गरिएको छ।
काठमाडौं महानगरपालिका-३१ स्थित मीनभवन, आलोकनगर क्षेत्रको घर अगाडि सार्वजनिक सडकपेटीमा फोहर एवं सामान राख्ने अब्दुल अली खानलाई चार हजार, ध्रुव सिट हुड वर्कसलाई एक हजार र खगेन्द्र कुँवरलाई एक हजार जरिवाना गरिएको छ।
जरिवाना रकम काठमाडौं महानगरपालिका वातावरण विभागको कोषमा दाखिला गरिएको वाग्मती सफाइ महाअभियानका अभियानकर्मी गोविन्द काफ्लेले बताए।
रासस
" /> काठमाडौं। उपत्यकाको सभ्यताको स्रोत वाग्मती नदी किनारस्थित आ-आफ्ना घर एवं कार्यालय अघि फोहर फाल्ने दुई व्यक्ति र एक व्यवसायीलाई कारबाही गरिएको छ।काठमाडौं महानगरपालिका-३१ स्थित मीनभवन, आलोकनगर क्षेत्रको घर अगाडि सार्वजनिक सडकपेटीमा फोहर एवं सामान राख्ने अब्दुल अली खानलाई चार हजार, ध्रुव सिट हुड वर्कसलाई एक हजार र खगेन्द्र कुँवरलाई एक हजार जरिवाना गरिएको छ।
जरिवाना रकम काठमाडौं महानगरपालिका वातावरण विभागको कोषमा दाखिला गरिएको वाग्मती सफाइ महाअभियानका अभियानकर्मी गोविन्द काफ्लेले बताए।
रासस
">