दार्चुला। निर्माणाधीन विद्युत आयोजना अन्तर्गत नहरको पर्खाल भत्किदा दुई जनाको मृत्यु भएको छ। अपिहिमाल गाउँपालिका- ६ मज्जेमा निर्माणाधीन मज्जे खोला लघु जलविद्युत् योजनाको पर्खाल निर्माण गर्ने क्रममा आज दुई जना मजदूरको मृत्यु भएको हो।
एक सय किलोवाट क्षमताको मज्जेखोला निर्माणाधीन जलविद्युत् योजना अन्तर्गत नहरको पर्खाल भत्किदा मार्मा-१ का ४५ वर्षीय बल्देवसिंह महरा र अपिहिमाल गाउँपालिका-६ का ४० वर्षीया गौमती धामीको घटनास्थलमै मृत्यु भएको गौरीशङ्कर आधारभूत विद्यालयका शिक्षक भगतसिंह धामीले बताए।
उक्त जलविद्युत् आयोजना वैकिल्पक ऊर्जा प्रवर्द्धन केन्द्र, संघ, प्रदेश र स्थानीय सरकारको सहयोगमा निर्माण भइरहेको हो।
घटनाको थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय लटिनाथबाट प्रहरी निरीक्षक कमलबहादुर विष्टको नेतृत्वमा प्रहरी टोली खटिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ।
रासस
" /> दार्चुला। निर्माणाधीन विद्युत आयोजना अन्तर्गत नहरको पर्खाल भत्किदा दुई जनाको मृत्यु भएको छ। अपिहिमाल गाउँपालिका- ६ मज्जेमा निर्माणाधीन मज्जे खोला लघु जलविद्युत् योजनाको पर्खाल निर्माण गर्ने क्रममा आज दुई जना मजदूरको मृत्यु भएको हो।एक सय किलोवाट क्षमताको मज्जेखोला निर्माणाधीन जलविद्युत् योजना अन्तर्गत नहरको पर्खाल भत्किदा मार्मा-१ का ४५ वर्षीय बल्देवसिंह महरा र अपिहिमाल गाउँपालिका-६ का ४० वर्षीया गौमती धामीको घटनास्थलमै मृत्यु भएको गौरीशङ्कर आधारभूत विद्यालयका शिक्षक भगतसिंह धामीले बताए।

">