ट्रक र कार ठोकिंदा कावासोतीमा ५ जनाको मृत्यु <p>काठमाडौं। पूर्वपश्चिम राजमार्गको नवलपरासी (बर्दघाट सुस्ता पूर्व) कावासोती नगरपालिका&ndash;८ मा ट्रक र कार ठोक्किएर भएको दुर्घटनामा चालकसहित कारमा रहेका पाँच जनाको मृत्यु भएको छ।</p> <p>गण्डकी प्रदेश प्रहरी कार्यालयका अनुसार&nbsp;गए राती विपरित दिशाबाट&nbsp;लु १ ख ८५३२ नम्बरको ट्रक र बा २१ च ६४०९ नम्बरको कार करकट्टा जंगलमा एक आपसमा ठोकिंदा दुर्घटना भएको हो।</p> <p>मृत्यु हुनेमा देवचुली नगरपालिका-१ केउरेनीका ३५ वर्षिय पूर्णबहादुर विक, केउरेनी-५ का दिलबहादुर ढेगा मगर, देवचुली-१० का २९ वर्षीय हिरा राना, दीपेश राना र कैलालीका सुरज राना मगर रहेको प्रहरीले जनाएको छ ।</p> <p>ट्रकका चालकलाई प्रहरीलले नियन्त्रणमा लिएको छ। प्रहरीका अनुसार अत्याधिक गतिका कारण ट्रक नियन्त्रणबाहिर रहेकाले दुर्घटना भएको हो। &nbsp;</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्