पेस्तोलसहित पक्राउ
<p>पर्सा। वीरगन्ज महानगरपालिका-२५ सिर्सिया बस्ने रामा साह भन्ने २४ वर्षीय उपेन्द्र साहलाई एक थान कटुवा पेस्तोलसहित प्रहरीले पक्राउ गरेको छ ।</p>
<p>भारतबाट नेपालतर्फ बिआर ५ ए एफ ४६४७ नम्बरको मोटरसाइकलमा आइरहेका साहलाई जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले जाँच गर्दा उक्त पेस्तोल फेला पारी मोटरसाइकलसहित पक्राउ गरेको हो ।</p>
प्रतिक्रिया दिनुहोस्
