काठमाडौं।चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गाबाट नियन्त्रित लागुऔषध दुई सय एम्पुल नोर्फिन, दुई सय एम्पुल डाइजेपाम र दुई सय एम्पुल प्रोमेथाइजिन सहित भारत मोतिहारी बस्ने २६ वर्षीय राजकुमार प्रसादलाई प्रहरीले पक्राउ गरेको छ।
वीरगंजबाट काठमाडौं आउँदै गरेको ना.८ ख ४६८० नम्बरको बस महानगरीय प्रहरी प्रभाग नागढुंगाको प्रहरीले जाँच गर्ने क्रममा बसमा सवार राजकुमारलाई उक्त लागुऔषध सहित फेला पारी पक्राउ गरेको हो।
बिराटनगर महानगरपालिका-१५ हुलास मेटलस्थित सडकबाट करिब चार केजी लागुऔषध गाँजासहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा सुनसरी इटहरी उपमहानगरपालिका-५ बस्ने ५२ वर्षीय तेजबहादुर राई र ४१ बर्षीय पदमबहादुर राई रहेका छन्।
भारततर्फ जाँदै गरेको को.२ ह ७२४१ नम्बरको अटोलाई जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा कार्टुनमा लुकाएर लैजाँदै गरेको उक्त गाँजा फेला पारी पक्राउ गरेको हो।
" /> काठमाडौं।चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गाबाट नियन्त्रित लागुऔषध दुई सय एम्पुल नोर्फिन, दुई सय एम्पुल डाइजेपाम र दुई सय एम्पुल प्रोमेथाइजिन सहित भारत मोतिहारी बस्ने २६ वर्षीय राजकुमार प्रसादलाई प्रहरीले पक्राउ गरेको छ।वीरगंजबाट काठमाडौं आउँदै गरेको ना.८ ख ४६८० नम्बरको बस महानगरीय प्रहरी प्रभाग नागढुंगाको प्रहरीले जाँच गर्ने क्रममा बसमा सवार राजकुमारलाई उक्त लागुऔषध सहित फेला पारी पक्राउ गरेको हो।

">