काठमाडौं। काठमाडौं उपत्यकामा रहेका तीन स्थानका सांस्कृतिक र धार्मिक स्थलको जिर्णोद्धार तथा संरक्षण हुने भएको छ। उक्त कार्यका लागि भारतले १४ करोड २० लाख रुपैयाँ सहयोग गर्ने जनाएको छ।
नेपालमा २०७२ मा आएको भूकम्पले ती तीन ठाउँका संरचना भत्किएका थिए। त्यसको जिर्णोद्धार तथा संरक्षण गरिदिने वचन भारतले दिएको थियो। यो कार्यका लागि दुई देशका अधिकारीले सहमतिपत्रमा बिहीबार हस्ताक्षर गरेका छन्। भारतले यी स्थललाई सांस्कृतिक विरासत परियोजनाअन्तर्गत राखेको छ।
सेतो मच्छिन्द्रनाथ मन्दिरको जिर्णोद्धार, बुढानिलकन्ठमा धर्मशाला निर्माण र ललितपुर जिल्लामा कुमारी घरको संरक्षण तथा विकास गरिने सहमतिपत्रमा उल्लेख छ। सहमतिपत्रअनुसार भारतले भूकम्पपछि नेपालको आठ जिल्लामा रहेका सांस्कृतिक स्थलको जिर्णोद्धार र संरक्षणका लागि पाँच करोड डलर अनुदान दिने प्रतिबद्धता जनाएको छ।
" /> काठमाडौं। काठमाडौं उपत्यकामा रहेका तीन स्थानका सांस्कृतिक र धार्मिक स्थलको जिर्णोद्धार तथा संरक्षण हुने भएको छ। उक्त कार्यका लागि भारतले १४ करोड २० लाख रुपैयाँ सहयोग गर्ने जनाएको छ।नेपालमा २०७२ मा आएको भूकम्पले ती तीन ठाउँका संरचना भत्किएका थिए। त्यसको जिर्णोद्धार तथा संरक्षण गरिदिने वचन भारतले दिएको थियो। यो कार्यका लागि दुई देशका अधिकारीले सहमतिपत्रमा बिहीबार हस्ताक्षर गरेका छन्। भारतले यी स्थललाई सांस्कृतिक विरासत परियोजनाअन्तर्गत राखेको छ।

">