काठमाडौँ। बैतडी जिल्लाको दोगडाकेदारकी किशोरी भागीरथी भट्टको बलात्कारपछि हत्याको मामिलामा अनुसन्धान तीव्र पार्न र दोषीलाई अविलम्ब पक्राउ गर्न नेपाली काँग्रेसले सरकारलाई आह्वान गरेको छ।

आज नेपाली कांग्रेसले एक विज्ञप्ति जारी गर्दै उक्त घटनाको दोस्रो साता प्रवेश गर्दासम्म दोषी पक्राउ नपर्नु, शव अस्पतालमै रहिरहनु र परिवारजनले पीडामाथि थप पीडा भोग्नुपरेको स्थितिलाई गम्भीरताका साथ लिएको जनाएको छ। यससँगै कांग्रेसले यस्ता घटनामा राज्यको अस्तित्व प्रभावकारी बनाउन प्रधानमन्त्रीसमक्ष माग पनि गरेको छ।

“अनेक प्रकृतिको हिंसासँगै बलात्कार र बलात्कारपछि हत्याको जघन्य अपराध केही वर्षयता डरलाग्दो ढंगले बढ्नु गम्भीर चिन्ताको विषय बनेको छ,” विज्ञप्तिमा भनिएको छ, “महिलाउपर हिंसा र बलात्कार अनि हत्याका जघन्य अपराध बढेर जाँदा राज्यले विशेष नीति अख्तियार गर्न र प्रशासन संयन्त्रलाई थप तदारुक बनाउन सरकारसमक्ष माग गर्दै नेपाली कांग्रेस यस्ता घटनाविरुद्ध सिंगो समाजको सजगताका लागि अपिल गर्दछ।”

‘विकसित मुलुकमा पनि यस्तै हुन्छ’ भन्ने जिम्मेवार तहको गैरजिम्मेवार जवाफले वर्तमान सरकारको उदासीनता प्रकट गरेको तथा अपराधको मानसिकता निरुत्साहित गर्न कानूनी चेतावनीको भाषालाई कमजोर समेत बनाएको नेपाली कांग्रसको ठहर छ। “निर्मला पन्त प्रकरणका दोषी अझै कहीँ खुला घुमिरहेका छन् भने भागरथी र अरु धेरै छोरीको अपराधमा संलग्नहरू कानूनको कठघराभन्दा बाहिरै छन्,” विज्ञप्तिमा भनिएको छ।

बैतडी घटनाको स्थलगत अध्ययन गरी लिखित प्रतिवेदन पेश गर्न एवं स्थानीयवासी र परिवारजनसँग भेट गर्न नेपाली कांग्रेस केन्द्रीय समितिको प्रतिनिधिका रूपमा केन्द्रीय सदस्य रमेश लेखक आज बैतडी पुग्ने बताइएको छ।

" /> काठमाडौँ। बैतडी जिल्लाको दोगडाकेदारकी किशोरी भागीरथी भट्टको बलात्कारपछि हत्याको मामिलामा अनुसन्धान तीव्र पार्न र दोषीलाई अविलम्ब पक्राउ गर्न नेपाली काँग्रेसले सरकारलाई आह्वान गरेको छ।

आज नेपाली कांग्रेसले एक विज्ञप्ति जारी गर्दै उक्त घटनाको दोस्रो साता प्रवेश गर्दासम्म दोषी पक्राउ नपर्नु, शव अस्पतालमै रहिरहनु र परिवारजनले पीडामाथि थप पीडा भोग्नुपरेको स्थितिलाई गम्भीरताका साथ लिएको जनाएको छ। यससँगै कांग्रेसले यस्ता घटनामा राज्यको अस्तित्व प्रभावकारी बनाउन प्रधानमन्त्रीसमक्ष माग पनि गरेको छ।

“अनेक प्रकृतिको हिंसासँगै बलात्कार र बलात्कारपछि हत्याको जघन्य अपराध केही वर्षयता डरलाग्दो ढंगले बढ्नु गम्भीर चिन्ताको विषय बनेको छ,” विज्ञप्तिमा भनिएको छ, “महिलाउपर हिंसा र बलात्कार अनि हत्याका जघन्य अपराध बढेर जाँदा राज्यले विशेष नीति अख्तियार गर्न र प्रशासन संयन्त्रलाई थप तदारुक बनाउन सरकारसमक्ष माग गर्दै नेपाली कांग्रेस यस्ता घटनाविरुद्ध सिंगो समाजको सजगताका लागि अपिल गर्दछ।”

‘विकसित मुलुकमा पनि यस्तै हुन्छ’ भन्ने जिम्मेवार तहको गैरजिम्मेवार जवाफले वर्तमान सरकारको उदासीनता प्रकट गरेको तथा अपराधको मानसिकता निरुत्साहित गर्न कानूनी चेतावनीको भाषालाई कमजोर समेत बनाएको नेपाली कांग्रसको ठहर छ। “निर्मला पन्त प्रकरणका दोषी अझै कहीँ खुला घुमिरहेका छन् भने भागरथी र अरु धेरै छोरीको अपराधमा संलग्नहरू कानूनको कठघराभन्दा बाहिरै छन्,” विज्ञप्तिमा भनिएको छ।

बैतडी घटनाको स्थलगत अध्ययन गरी लिखित प्रतिवेदन पेश गर्न एवं स्थानीयवासी र परिवारजनसँग भेट गर्न नेपाली कांग्रेस केन्द्रीय समितिको प्रतिनिधिका रूपमा केन्द्रीय सदस्य रमेश लेखक आज बैतडी पुग्ने बताइएको छ।

"> बलात्कार र हत्याको घटनाको अनुसन्धान तीव्र बनाऊ, दोषी अविलम्ब पक्राउ गर : नेपाली कांग्रेस: Dekhapadhi
बलात्कार र हत्याको घटनाको अनुसन्धान तीव्र बनाऊ, दोषी अविलम्ब पक्राउ गर : नेपाली कांग्रेस
काठमाडौँ। बैतडी जिल्लाको दोगडाकेदारकी किशोरी भागीरथी भट्टको बलात्कारपछि हत्याको मामिलामा अनुसन्धान तीव्र पार्न र दोषीलाई अविलम्ब पक्राउ गर्न नेपाली काँग्रेसले सरकारलाई आह्वान गरेको छ।

आज नेपाली कांग्रेसले एक विज्ञप्ति जारी गर्दै उक्त घटनाको दोस्रो साता प्रवेश गर्दासम्म दोषी पक्राउ नपर्नु, शव अस्पतालमै रहिरहनु र परिवारजनले पीडामाथि थप पीडा भोग्नुपरेको स्थितिलाई गम्भीरताका साथ लिएको जनाएको छ। यससँगै कांग्रेसले यस्ता घटनामा राज्यको अस्तित्व प्रभावकारी बनाउन प्रधानमन्त्रीसमक्ष माग पनि गरेको छ।

“अनेक प्रकृतिको हिंसासँगै बलात्कार र बलात्कारपछि हत्याको जघन्य अपराध केही वर्षयता डरलाग्दो ढंगले बढ्नु गम्भीर चिन्ताको विषय बनेको छ,” विज्ञप्तिमा भनिएको छ, “महिलाउपर हिंसा र बलात्कार अनि हत्याका जघन्य अपराध बढेर जाँदा राज्यले विशेष नीति अख्तियार गर्न र प्रशासन संयन्त्रलाई थप तदारुक बनाउन सरकारसमक्ष माग गर्दै नेपाली कांग्रेस यस्ता घटनाविरुद्ध सिंगो समाजको सजगताका लागि अपिल गर्दछ।”

‘विकसित मुलुकमा पनि यस्तै हुन्छ’ भन्ने जिम्मेवार तहको गैरजिम्मेवार जवाफले वर्तमान सरकारको उदासीनता प्रकट गरेको तथा अपराधको मानसिकता निरुत्साहित गर्न कानूनी चेतावनीको भाषालाई कमजोर समेत बनाएको नेपाली कांग्रसको ठहर छ। “निर्मला पन्त प्रकरणका दोषी अझै कहीँ खुला घुमिरहेका छन् भने भागरथी र अरु धेरै छोरीको अपराधमा संलग्नहरू कानूनको कठघराभन्दा बाहिरै छन्,” विज्ञप्तिमा भनिएको छ।

बैतडी घटनाको स्थलगत अध्ययन गरी लिखित प्रतिवेदन पेश गर्न एवं स्थानीयवासी र परिवारजनसँग भेट गर्न नेपाली कांग्रेस केन्द्रीय समितिको प्रतिनिधिका रूपमा केन्द्रीय सदस्य रमेश लेखक आज बैतडी पुग्ने बताइएको छ।

प्रतिक्रिया दिनुहोस्