जर्मनीमा लकडाउनको अवधि आगामी मार्च ७ तारिखसम्म लम्ब्याइएको छ । हाल जर्मनीमा लगाइएको लकडाउनको अवधि आगामी मार्च ७ तारिखसम्म पुर्‍याउने जर्मन सरकारले निर्णय गरेको हो ।
• जर्मन चान्सलर एन्जेला मर्केल र १६ ओटा संघीय नेताहरुले लकडाउन लम्ब्याउने विषयमा सहमति जनाएका थिए ।
जर्मनीमा मार्च ७ सम्म लकडाउनको अवधि लम्ब्याइयो
जर्मन चान्सलर एन्जेला मर्केल र १६ ओटा संघीय नेताहरुले लकडाउन लम्ब्याउने विषयमा सहमति जनाएका थिए । उनीहरुको सहमतिलगत्तै सरकारले जर्मनमा हाल कायम रहेको लकडाउनको अवस्थालाई आगामी मार्च महिनाको ७ तारिखसम्मका लागि लम्ब्याएको जानकारी गराएका हुन् ।
जर्मनीका प्राय सबैजसो स्थानमा प्रतिबन्धसहितका केही प्रावधानहरु राखेर लकडाउन जारी रहेको थियो । यो लकडाउनको अवधि यही फेब्रुअरी १४ सम्मका लागि पनि यसअघि कायम गरिएको थियो ।
सो अवधि सकिनु चार दिन अगावै जर्मनी सरकार लकडाउनको अवधि लम्ब्याउने निर्णयमा पुगेको बताइएको हो । जर्मनीमा देशभरि नै नभएर आंशिक रुपमा लकडाउन गरिएको छ । अघिल्लो नोभेम्बर महिनाको पहिलो हप्तादेखि नै लकडाउन सुरु गरेको थियो ।
यो अवस्था अहिले पनि जारी छ । जर्मनीका कतिपय स्थानमा कोभिडका सङ्क्रमितहरु घटेको भए पनि उल्लेख्य रुपमा कमी आउन भने सकेको छैन ।
कोरोना भाइरसको नयाँ स्वरुपको प्रजाति पनि पाइएको छ । यसकारण पनि यहाँ लकडाउनलाई निरन्तरता दिने निर्णय सरकारले गरेको बताइएको छ ।
प्रतिक्रिया दिनुहोस्