बेइजिङ। चीनका राष्ट्रपति सि जिन पिङ र अमेरिकाका नयाँ राष्ट्रपति जो बाइडेनका बीच समकक्षीका रूपमा पहिलोपटक फोन वार्ता भएको छ। बाइडेन गत जनवरीमा अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउस प्रवेश गरेपछि बिहीबार दुईजनाबीच पहिलोपटक टेलिफोन कुराकानी भएको हो।

विश्वका दुई शक्तिशाली तर एक अर्काका प्रमुख प्रतिस्पर्धी मुलुकका प्रमुखहरूका बीचमा भएको कुराकानीले विश्वलाई नै सकारात्मक सन्देश दिएको छ।

टेलिफोन कुराकानीका क्रममा दुवैले चिनियाँ नयाँ वर्षको अवसरमा शुभकामना आदान प्रदान गरेका छन्। नयाँ वर्षको अवसरमा मनाइने पर्वलाई चीनमा अत्यन्त महत्त्वका साथ मनाइने वसन्त पर्वको रूपमा लिइन्छ। चिनियाँ परम्पराअनुसार हरेक वर्षको फेब्रुअरी १२ मा यो पर्व मनाउने गरिन्छ।

महत्त्वपूर्ण पर्वको अघिल्लो दिन दुई राष्ट्राध्यक्षबीचको कुराकानीले दुवै देशसहित विश्वभरी नै सकारात्मक तरङ्ग फैलाएको छ।

दुवैजनाबीच यस पर्वको शुभकामनासँगै द्विपक्षीय सम्बन्ध र महत्त्वपूर्ण अन्तर्राष्ट्रिय तथा क्षेत्रीय मामिलाबारे गहिरो रूपमा विचार पनि आदानप्रदान भएको छ। दुई नेताबीचमा सिधा कुराकानी हुनुलाई राम्रो सङ्केतका रूपमा लिन सकिने विश्लेषकहरुले बताएका छन्। यसले बाँकी विश्वलाई पनि फाइदा नै गर्ने उनीहरूको भनाइ छ।

दुई नेताले राष्ट्रिय, क्षेत्रीय र अन्तर्राष्ट्रिय चासो र सरोकारका विषयमा नजिक रहेर काम गर्ने प्रतिबद्धता गर्नु अर्को सुखद पक्ष मानिएको छ। टेलिफोन कुराकानीका क्रममा अमेरिकी राष्ट्रपति वाइडेनले चीनसँग आफू रचनात्मक र उपलब्धिमूलक वार्ता गर्न चाहेको उल्लेख गरेका थिए।

दुई पक्षकाबीचमा आत्मीय सम्बन्ध बढाउन, द्विपक्षीय बुझाइ साझा र राम्रो बनाउन सहयोगी हुने बैठक तथा वार्ताका लागि इच्छुक रहेको उनको भनाइ थियो। त्यसै गरी एकअर्काप्रतिको गलत बुझाइ र गलत सञ्चारका बारेमा पनि स्पष्टता आवश्यक रहेकोमा वाइडेनले जोड दिएका थिए।

वार्तामा चिनियाँ राष्ट्रपति सीले विगतको आधा शताब्दीमा चीन र अमेरिकाबीचको सम्बन्धमा विकास भएको प्रक्रियाबारे समीक्षा गरी आगामी दिनमा त्यस्तो नहुने विश्वास व्यक्त गरेका थिए। उनले दुई देशबीच सहयोग भए साझा फाइदा हुने र द्वन्द्व भए दुवै पक्षलाई हानी हुने दोहोर्‍याएका थिए।

टेलिफोन वार्ताका क्रममा सीले विभिन्न संयन्त्र बनाएर दुई देशका कुटनीतिक, आर्थिक, बैकिङ्ग, कानुन कार्यान्वयन, सेनालगायत विभागबीच सम्पर्क गरी आपसी राजनीतिक लक्ष्यलाई सही तरिकाले बुझ्ने प्रस्ताव गरे। निरन्तर र निकट रहेर वार्ता गर्ने दुवै राष्ट्राध्यक्षको चाहनाले बेइजिङ र वासिङ्टनबीचको विगतको दूरी घट्ने सम्भावना अन्त्यन्त धेरै देखिएको छ।

पछिल्ला केही वर्ष चीन र अमेरिकाका बीचमा नराम्रो सम्बन्ध बढ्दै गएको थियो। कतिपय अवस्थामा लामो समयपछिकै सबैभन्दा नमिठो पनि महसुस गरिएको थियो।

चीन र अमेरिकाका नेताले अब भने असामान्य क्षमता र साहस देखाउनसक्ने धेरैले अपेक्षा गरेका छ। विशेष गरी अमेरिकाले यसपटकको वार्ताको भावनालाई व्यवहारमा उतारी चीनसँग दुई देशको सम्बन्धको सुधार गर्नसक्ने आशा गर्न सकिन्छ। द्विपक्षीय सम्बन्ध सुधार गर्ने दुई नेतामा राजनीतिक इच्छा देखिएकोले पनि यस्तो आशा गर्न सकिने देखिन्छ।

रासस/सिन्ह्वा

" /> बेइजिङ। चीनका राष्ट्रपति सि जिन पिङ र अमेरिकाका नयाँ राष्ट्रपति जो बाइडेनका बीच समकक्षीका रूपमा पहिलोपटक फोन वार्ता भएको छ। बाइडेन गत जनवरीमा अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउस प्रवेश गरेपछि बिहीबार दुईजनाबीच पहिलोपटक टेलिफोन कुराकानी भएको हो।

विश्वका दुई शक्तिशाली तर एक अर्काका प्रमुख प्रतिस्पर्धी मुलुकका प्रमुखहरूका बीचमा भएको कुराकानीले विश्वलाई नै सकारात्मक सन्देश दिएको छ।

टेलिफोन कुराकानीका क्रममा दुवैले चिनियाँ नयाँ वर्षको अवसरमा शुभकामना आदान प्रदान गरेका छन्। नयाँ वर्षको अवसरमा मनाइने पर्वलाई चीनमा अत्यन्त महत्त्वका साथ मनाइने वसन्त पर्वको रूपमा लिइन्छ। चिनियाँ परम्पराअनुसार हरेक वर्षको फेब्रुअरी १२ मा यो पर्व मनाउने गरिन्छ।

महत्त्वपूर्ण पर्वको अघिल्लो दिन दुई राष्ट्राध्यक्षबीचको कुराकानीले दुवै देशसहित विश्वभरी नै सकारात्मक तरङ्ग फैलाएको छ।

दुवैजनाबीच यस पर्वको शुभकामनासँगै द्विपक्षीय सम्बन्ध र महत्त्वपूर्ण अन्तर्राष्ट्रिय तथा क्षेत्रीय मामिलाबारे गहिरो रूपमा विचार पनि आदानप्रदान भएको छ। दुई नेताबीचमा सिधा कुराकानी हुनुलाई राम्रो सङ्केतका रूपमा लिन सकिने विश्लेषकहरुले बताएका छन्। यसले बाँकी विश्वलाई पनि फाइदा नै गर्ने उनीहरूको भनाइ छ।

दुई नेताले राष्ट्रिय, क्षेत्रीय र अन्तर्राष्ट्रिय चासो र सरोकारका विषयमा नजिक रहेर काम गर्ने प्रतिबद्धता गर्नु अर्को सुखद पक्ष मानिएको छ। टेलिफोन कुराकानीका क्रममा अमेरिकी राष्ट्रपति वाइडेनले चीनसँग आफू रचनात्मक र उपलब्धिमूलक वार्ता गर्न चाहेको उल्लेख गरेका थिए।

दुई पक्षकाबीचमा आत्मीय सम्बन्ध बढाउन, द्विपक्षीय बुझाइ साझा र राम्रो बनाउन सहयोगी हुने बैठक तथा वार्ताका लागि इच्छुक रहेको उनको भनाइ थियो। त्यसै गरी एकअर्काप्रतिको गलत बुझाइ र गलत सञ्चारका बारेमा पनि स्पष्टता आवश्यक रहेकोमा वाइडेनले जोड दिएका थिए।

वार्तामा चिनियाँ राष्ट्रपति सीले विगतको आधा शताब्दीमा चीन र अमेरिकाबीचको सम्बन्धमा विकास भएको प्रक्रियाबारे समीक्षा गरी आगामी दिनमा त्यस्तो नहुने विश्वास व्यक्त गरेका थिए। उनले दुई देशबीच सहयोग भए साझा फाइदा हुने र द्वन्द्व भए दुवै पक्षलाई हानी हुने दोहोर्‍याएका थिए।

टेलिफोन वार्ताका क्रममा सीले विभिन्न संयन्त्र बनाएर दुई देशका कुटनीतिक, आर्थिक, बैकिङ्ग, कानुन कार्यान्वयन, सेनालगायत विभागबीच सम्पर्क गरी आपसी राजनीतिक लक्ष्यलाई सही तरिकाले बुझ्ने प्रस्ताव गरे। निरन्तर र निकट रहेर वार्ता गर्ने दुवै राष्ट्राध्यक्षको चाहनाले बेइजिङ र वासिङ्टनबीचको विगतको दूरी घट्ने सम्भावना अन्त्यन्त धेरै देखिएको छ।

पछिल्ला केही वर्ष चीन र अमेरिकाका बीचमा नराम्रो सम्बन्ध बढ्दै गएको थियो। कतिपय अवस्थामा लामो समयपछिकै सबैभन्दा नमिठो पनि महसुस गरिएको थियो।

चीन र अमेरिकाका नेताले अब भने असामान्य क्षमता र साहस देखाउनसक्ने धेरैले अपेक्षा गरेका छ। विशेष गरी अमेरिकाले यसपटकको वार्ताको भावनालाई व्यवहारमा उतारी चीनसँग दुई देशको सम्बन्धको सुधार गर्नसक्ने आशा गर्न सकिन्छ। द्विपक्षीय सम्बन्ध सुधार गर्ने दुई नेतामा राजनीतिक इच्छा देखिएकोले पनि यस्तो आशा गर्न सकिने देखिन्छ।

रासस/सिन्ह्वा

"> चिनियाँ र अमेरिकी राष्ट्रपतिबीच टेलिफोन वार्ता, विश्वलाई सकारात्मक सन्देश: Dekhapadhi
चिनियाँ र अमेरिकी राष्ट्रपतिबीच टेलिफोन वार्ता, विश्वलाई सकारात्मक सन्देश

प्रतिक्रिया दिनुहोस्