चन्द नेतृत्वको नेकपाका उपत्यका इन्चार्ज पक्राउ <p>नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका उपत्यका इन्चार्ज नवीन विश्वकर्मा पक्राउ परेका छन् । प्रहरीका एक उच्च अधिकारीका अनुसार विश्वकर्मालाइ काठमाडौको बानेश्वरबाट पक्राउ गरिएको हो ।&nbsp;<br /> <br /> पक्राउ परेका विश्वकर्मा दोस्रो जनआन्दोलनपछि गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री हुँदा&nbsp;तत्कालिन माओवादीबाट सरकारका राज्यमन्त्री थिए । चन्द नेतृत्वको नेकपाका उपत्यका इन्चार्ज माईला लामा पक्राउ परेपछि विश्वकर्मालाई उपत्यका इन्चार्जको जिम्मेवार दिइएको थियो ।&nbsp;</p> <p>विश्वकर्मालाइ ललितपुर प्रहरी परिसरमा राखिएको छ। नख्खुमा चन्द नेतृत्वको नेकपाले गराएको वम विस्फोटमा विश्वकर्माको संलग्नता रहेको प्रहरीले जनाएको छ।</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्