काठमाडौं। बलात्कारपछि मारिएकी बैतडीकी किशोरी भागरथी भट्टको समर्थनमा रत्नराज्य लक्ष्मी क्याम्पसका विद्यार्थीहरूले प्रदर्शन गरेका छन्। विद्यार्थीहरूले आज माइतीघरमा कालोपट्टीसहित प्रदर्शन गरेका हुन्।
त्यस क्रममा उनीहरुले ‘अब त अत्ति भो, मौन बस्दा क्षती भो’, ‘उठ अब’ र ‘कानुनी राज्यको रक्षा गर, महिला हिंसा अन्त्य गर’लगायतका नारा लगाएका थिए। प्रदर्शनका क्रममा आँखामा पट्टी बाँधेर ३० मिनेट मौन धारणसमेत गरिएको प्रदर्शनमा सहभागी पुनम ढुंगेलले बताइन्।
उनले कानुनी राज्यले भागरथीको हत्यारालाई कारबाही गरेर उनलाई न्याय दिलाउनुपर्ने बताइन्। उनले भनिन्, “दिनदिनै देशमा महिला हिंसाका घटना भइरहेका छन्। यस्ता घटनालाई निरुत्साहित गर्न दोषीलाई कडाभन्दा कडा कारबाही गरिनुपर्छ।”
अन्यथा, गलत मानसिक्ता भएकाहरूको मनोबलसँगै महिला हिंसाका घटना बढ्दै जाने उनको भनाइ छ।
" /> काठमाडौं। बलात्कारपछि मारिएकी बैतडीकी किशोरी भागरथी भट्टको समर्थनमा रत्नराज्य लक्ष्मी क्याम्पसका विद्यार्थीहरूले प्रदर्शन गरेका छन्। विद्यार्थीहरूले आज माइतीघरमा कालोपट्टीसहित प्रदर्शन गरेका हुन्।त्यस क्रममा उनीहरुले ‘अब त अत्ति भो, मौन बस्दा क्षती भो’, ‘उठ अब’ र ‘कानुनी राज्यको रक्षा गर, महिला हिंसा अन्त्य गर’लगायतका नारा लगाएका थिए। प्रदर्शनका क्रममा आँखामा पट्टी बाँधेर ३० मिनेट मौन धारणसमेत गरिएको प्रदर्शनमा सहभागी पुनम ढुंगेलले बताइन्।

">