काठमाडौं। गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले मूल्य वृद्धिअनुसार नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको रासन भत्ता तत्काल बढाउने बताएका छन्।
रासन भत्ता पुनरावलोकन गर्ने सम्बन्धमा गृह मन्त्रालयका सहसचिव थानेश्वर गौतमको नेतृत्वमा बनेको कार्यदलले तयार पारेको प्रतिवेदन आज बुझ्दै गृहमन्त्री थापाले प्रतिवेदनको सिफारिस अनुसार तत्काल रासन भत्ता वृद्धिका लागि प्रक्रिया अगाडि बढाउने बताए।
उनले आर्थिक वृद्धि र समृद्धिका लागि शान्ति सुरक्षा अनिवार्य शर्त रहेको र त्यस्तो शान्ति सुरक्षा कायम गर्न महत्त्वपूर्ण योगदान गर्ने सुरक्षाकर्मीको मनोबल बढाउन पनि भत्ता वृद्धि गरिने बताए।
लामो समय भत्ता वृद्धि रोकिने अवस्थाको अन्त्य गरी प्रत्येक वर्ष स्वतः भत्ता पुनरावलोकन हुने गरी गृह मन्त्रालयले समिति बनाउने गृहमन्त्रीले प्रतिवद्धता व्यक्त गरे।
६ वर्षदेखि सुरक्षाकर्मीको रासन भत्ता वृद्धि हुन सकेको छैन। सहसचिव गौतम नेतृत्वको कार्यदलले ६ वर्षमा खाद्यान्नमा सरदर ३३ प्रतिशत मूल्यवृद्धि भएको निष्कर्ष निकालेको छ।
मूल्यवृद्धि र सरकारको वित्तीय स्रोतको उपलब्धता हेरी उपयुक्त मात्रामा रासन भत्ता वृद्धि गर्न सिफारिस गरेको थियो।
कार्यक्रममा गृहसचिव, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका महानिरीक्षकको समेत उपस्थिति रहेको थियो।
" /> काठमाडौं। गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले मूल्य वृद्धिअनुसार नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको रासन भत्ता तत्काल बढाउने बताएका छन्।रासन भत्ता पुनरावलोकन गर्ने सम्बन्धमा गृह मन्त्रालयका सहसचिव थानेश्वर गौतमको नेतृत्वमा बनेको कार्यदलले तयार पारेको प्रतिवेदन आज बुझ्दै गृहमन्त्री थापाले प्रतिवेदनको सिफारिस अनुसार तत्काल रासन भत्ता वृद्धिका लागि प्रक्रिया अगाडि बढाउने बताए।

">