काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रचण्ड समूहकी नेतृ रामकुमारी झाँक्रीले अन्ततः तीन घण्टापछि गिरफ्तारी दिएकी छिन्।
‘मुलुकी अपराध संहिता २०७४’को दफा ५८ अनुसार प्रहरीले पक्राउ पुर्जी उनीविरुद्ध जारी गरेपछि उनले गिरफ्तारी दिएकी हुन्।
उक्त दफामा राष्ट्रपति वा संसदलाई धम्की दिन नहुने कुरा उल्लेख छ।
यसमा भनिएको छ, “कसैले नेपालको राष्ट्रपति वा संसद्लाई संविधान तथा कानूनबमोजिम गर्नुपर्ने कार्य सम्पादन गर्नबाट रोक लगाउन वा वञ्चित गर्न वा कुनै खास तरिकाबाट कार्य सम्पादन गर्न बाध्य गराउन कुनै किसिमको बल प्रयोग गरी वा नगरी कुनै किसिमको धम्की दिन, डर वा त्रास देखाउन वा अन्य कुनै किसिमले दबाब दिन हुँदैन।”
सोही दफाको उपदफा १ मा सोबमोजिमको कसूर गर्ने वा गराउने व्यक्तिलाई ७ वर्षसम्म कैद वा ७० हजार रूपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने उल्लेख छ।
पक्राउपछि प्रहरीले रामकुमारीलाई महानगरीय अपराध अनुसन्धान महाशाखा मीनभवन लगेको छ। उनलाई त्यहाँ प्रहरीले राज्यविरुद्धको कसूरमा मुद्दा दर्ता गरी थप अनुसन्धान गर्ने तयारी गरेको छ।
महाशाखाका प्रवक्ता तथा प्रहरी उपरीक्षक (एसपी) कृष्णप्रसाद कोइरालाले उनलाई हाल महाशाखामै राखेर अनुसन्धान गरिने बताए।
रामकुमारीले यही माघको १६ गते गोरखामा आयोजित एक राजनीतिक कार्यक्रममा दिएको अभिव्यक्तिलाई लिएर प्रहरीले पक्राउ गरेको हो। उनले राष्ट्रपति विद्यादेवी भण्डारीलाई लक्षित गरी अभिव्यक्ति दिएकी थिइन्।
अभिव्यक्तिले राष्ट्रपति भण्डारीको मानमर्दन, चरित्र हत्यादेखि अपमान गरेको नेकपाको ओली समूह निकट अखिल नेपाल महिला (अनेम) संघले जनाएको छ।
संघले झाँक्रीलाई पक्राउ गरेर कारबाही गर्न गृहमन्त्री रामबहादुर थापा ‘बादल’ र प्रधानमन्त्री केपी शर्मा ओलीलाई यही माघको २१ गते ज्ञापनपत्र बुझाएको थियो।

गिरफ्तारी दिनुभन्दा पहिले के भनिन् रामकुमारीले?
गिरफ्तारी दिनुअघि रामकुमारीले राजतन्त्रमा निरंकुश राजाविरुद्ध आवाज उठाएको भन्दै उनले गणतन्त्रमा प्रतिगमनको मतियार बन्ने राष्ट्रपतिको विरुद्धमा बोल्न पाइने बताइन्।
यसलाई उनले अभिव्यक्ति स्वतन्त्र भनेकी छिन् र मर्ने बेला कमिलाको प्वाँख पलाएजस्तै ढल्ने बेला निरंकुश शासकलाई स–साना विषयमा गिरफ्तारी दिने गरेको उल्लेख गरिन्।
आफ्नो अभिव्यक्तिलाई कानुनीभन्दा पनि राजनीतिक सवाल भएको पनि उनले स्पष्ट पारिन्।
प्रहरीको कमजोरी
‘मुलुकी फौजदारी कार्यविधि नियमावली २०७५’ को परिच्छेद ३ को अभियोजन तथा मुद्दाको दायरीका लागि पक्राउ पुर्जी र हिरासतमा राख्ने अनुमतिसम्बन्धी व्यवस्था अनुसार कुनै पनि आरोपीलाई पक्राउ गर्न पक्राउ पुर्जी अनिवार्य हुन्छ।
पुर्जीमा पक्राउ गरिने व्यक्तिको नाम, थर, वतन वा अन्य परिचयात्मक विवरण, पक्राउ गर्ने मिति, समय र स्थान, वारदात मिति, समय र स्थान, कसूरको नाम, सम्भव भएसम्म पक्राउ गरेको व्यक्तिको संलग्नता देखिने प्रमाण, खानतलासी गर्दा दशी प्रमाण बरामद भएको भए सोको मुचुल्ल्का, जरुरी पक्राउ पुर्जी जारी गरी पक्राउ गर्नु परेको कारण उल्लेख गर्नुपर्ने हुन्छ।
तर महानगरीय अपराध महाशाखा मीनभवनले प्रहरीलाई पक्राउ पुर्जीबिनै झाँक्रीलाई पक्राउ गर्न आज बिहान अन्दाजी १० बजे काठमाडौंको शंखमूलस्थित उनको घरमा पठायो।
पुर्जीबिनै आएका प्रहरीलाई उनले पक्राउ पुर्जीबिना आफ्नो गिरफ्तारी नदिने अडान कसिन्। उनले भनिन्, “म मेरो गिरफ्तारी गैरकानुनी रूपमा दिन्नँ, पक्राउ पुर्जी हालसम्म मैले पाएको छैन।”
झाँक्रीले आफ्नो घरमा पत्रकारहरूसँग त्यसो भनेपछि पक्राउ गर्न भनेर पुगेका प्रहरी त्यसै बस्न बाध्य भएका थिए।
अन्ततः प्रहरीले करिब १ बजे झाँक्रीको घरमै पुगेर राज्यविरुद्धको कसूरमा पक्राउ पुर्जी दियो र उनले कानुनअनुसार आफ्नो गिरफ्तारी प्रहरीलाई दिने भन्दै घोषणा गरिन्। त्यसपछि प्रहरीले भ्यानमा राखेर उनलाई महाशाखा लगेको छ।
माघको १६ गते गोरखामा के भनेकी थिइन् रामकुमारीले? (उनकै शब्दमा)
बहामहारानीले अस्ति चुनाव हुन्छ भन्नु भएछ निर्वाचन आयोगको प्रतिवेदन बुझेर। म बडामहारानीलाई गोरखाबाटै सन्देश दिन चाहन्छु, निर्वाचनको तयारीका लागि कार्गेट सुख सुविधा छोडेर शीतल निवासबाट कोटेश्वर आउनुहोस्।
चाबहिल के बानेश्वर कतातिर बसाइ छ भनेको सुनेको थिएँ। होइन भने बालकोटै गए पनि हुन्छ। (... मानिसहरूको हाँसो)
कुन जिल्लाबाट चुनाव लड्ने हो, त्यसको तयारी गरेर सन्देश पठाउनुहोस्। तपाईंसँग म पनि अलिक भारी हुन्छु होला। रेखा लोप्चनलाई चुनाव लडाउँछौं र हराउँछौं।
तपाईंका लागि म पनि भारी हुन सक्छु। त्यस कारण बडामहारानीले हामीले प्राप्त गरेका, हामीले संघर्ष गरेर ल्याएको अधिकारहरूमाथि गिद्धे दृष्टि लगाएर एउटा खास गुटको मान्छेको तुष्टि फेर्नका लागि गरेको असंवैधानिक कदम किमार्थ पनि स्वीकार हुँदैन...।
अनेम संघको ज्ञापनपत्रमा रामकुमारीविरुद्ध यस्तो आरोप
.... मिति २०७७।१०।१६ गते गोरखा जिल्लाको सिरानचोक गाउँपालिकामा भएको एक राजनीतिक भेलामा नेपाल कम्युनिस्ट पार्टीकी निवर्तमान सांसद् रामकुमारी झाँक्रीले सार्वजनिक रूपमा दिएको अभिव्यक्ति अत्यन्तै आपत्तिजनक छ।
उक्त अभिव्यक्तिमा हाल काठमाडौं निवासी निवर्तमान सांसद् रामकुमारी झाँक्रीले नेपालको गणतन्त्रको प्रतीक सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीको चारित्रिक हत्या गर्दै विभिन्न लाञ्छना, गाली बेइज्जती गरी व्यक्तिगत, पारिवारिक तथा राष्ट्रपति पदकै इज्जतमासमेत धक्का पुर्याउने नियतले आपत्तिजनक र अपमानजनक शब्दहरू प्रयोग गरेकी छन्। अनेमसंघ यो क्रियाकलापको घोर भर्त्सना गर्दछ। राष्ट्रपति संस्था संविधानको संरक्षक हो र यो संस्थाको मान, मर्यादा र गरिमाको संरक्षण गर्ने प्रमुख जिम्मेवारी नेपाल सरकारको हो। त्यसैले निजलाइ तुरुन्त पक्राउ गरी प्रचलित कानुनबमोजिम हदैसम्मको सजाय गर्न जोडदार माग गर्दछौं। उक्त आपत्तिजनक अभिव्यक्ति दिएको प्रमाणको लागि भिडियोको प्रतिलिपि यसै ज्ञापनपत्रको साथ संलग्न गरेका छौं।