काठमाडाैं। पौष शुक्ल पूर्णिमादेखि एक महिने माधवनारायण व्रत गरिरहेका व्रतालुले आज बिहान पशुपतिस्थित आर्यघाटमा स्नान गरी पशुपतिनाथ मूल मन्दिरमा पूजाआराधनासहित दर्शन गरेका छन्।
प्रत्येक वर्ष माघ कृष्ण औँशीका दिन बिहान पशुपतिस्थित आर्यघाटमा माधवनारायण व्रतालुले स्नान गर्ने व्रतविधि रहेको छ। माधवनारायण व्रतालु तीर्थयात्राका लागि माघकृष्ण चतुर्दशी अर्थात् बुधबार बेलुकी पशुपति क्षेत्र आएका थिए। माधवनारायण व्रतालुलाई राख्न पशुपति क्षेत्रमा प्राचीनकालदेखि नै भवनको व्यवस्था गरिएको छ। त्यो भवनमा पराल ओछ्याएर व्रतालु सुत्छन्।
स्नानपछि पशुपतिमा पूजा आराधना गरी जयवागेश्वरीसम्म जल चढाएका छन्। व्रतालुले जयवागेश्वरीबाट सानो गौचरण गएर दिउँसोको भोजन गर्ने परम्परा छ।
माधवनारायण व्रतालुले एक महिनासम्म एक छाकमात्र भोजन गर्ने व्रत विधि छ। सानो गौचरणबाट नारायणहिटी हुँदै वसन्तपुरबाट नख्खु जेलको बाटो भएर दक्षिणकाली नगरपालिकाको शेषनारायण मन्दिरमा माघकृष्ण औसीको राति आज बास बस्ने गरिन्छ।
माघशुक्ल प्रतिपदाका दिन शेषनारायण मन्दिरमा माधवनारायणलाई राखेर पूजा आराधना गरिन्छ। पूजा आराधना सकेर पैदल आई वर्तालुले दिउँसोको भोजन शङ्खमूल क्षेत्रमा गर्छन्। माघशुक्ल प्रतिपदाको राति शङ्खमूलबाट पैदल यात्रा गरी साँखु गएर पूर्ववत् व्रत विधि गर्ने प्राचीन परम्परा छ।
पशुपतिमा माधवनारायण व्रतालु आउने भएकाले माघकृष्ण चतुर्दशीको दिउँसोदेखि नै आर्यातीर्थसमेत भनिने आर्यघाटमा शव नजलाउने गरिएको कोषका कार्यकारी निर्देशक डा.घनश्याम खतिवडाले जानकारी दिए। बिहीबार व्रतालुले पशुपति नछाडेसम्म आर्यघाटमा शव नजलाउने व्यवस्था मिलाइएको उनले बताए।
विगत वर्षमा करिब चार सय जनाले माधवनारायण व्रत गर्ने गरेकामा यस वर्ष कोरोना महामारीका कारण ४९ जनालाई मात्र स्वास्थ्य सुरक्षाका विधि अपनाएर सुरक्षितसाथ राखिएको छ।
महिला ३५ र पुरुष १४ गरी ४९ जना यसपटक व्रतमा सहभागी भई परम्परादेखि गरिँदै आएको माधवनारायण व्रतको संस्कृति संरक्षण गरिरहेको श्री माधवनारायण स्वस्थानी व्रत तथा शाली नदी सुधार समितिका अध्यक्ष मीजेन्द्रकाजी श्रेष्ठले जानकारी दिए।
औँशीको बिहान आज पशुपतिमा पूजाआराधना एवं दर्शनपछि सानो गौचरणमा खाना खाएर वसन्तपुर हुँदै पैदलयात्रा दक्षिणकालीको शेषनारायण मन्दिरतिर व्रतालुलाई लैजान लागिएको पनि उनले जानकारी दिए।
कोरोना महामारी भए पनि शालीनदीमा विगत वर्षमा जस्तै दर्शनार्थीको भीड लाग्ने गरेको छ। कोरोनापछि सबै क्षेत्र खुला भइसकेकाले दर्शनार्थीबिना हिच्किचाहट शालीनदीमा आइरहेका छन्।
" /> काठमाडाैं। पौष शुक्ल पूर्णिमादेखि एक महिने माधवनारायण व्रत गरिरहेका व्रतालुले आज बिहान पशुपतिस्थित आर्यघाटमा स्नान गरी पशुपतिनाथ मूल मन्दिरमा पूजाआराधनासहित दर्शन गरेका छन्।प्रत्येक वर्ष माघ कृष्ण औँशीका दिन बिहान पशुपतिस्थित आर्यघाटमा माधवनारायण व्रतालुले स्नान गर्ने व्रतविधि रहेको छ। माधवनारायण व्रतालु तीर्थयात्राका लागि माघकृष्ण चतुर्दशी अर्थात् बुधबार बेलुकी पशुपति क्षेत्र आएका थिए। माधवनारायण व्रतालुलाई राख्न पशुपति क्षेत्रमा प्राचीनकालदेखि नै भवनको व्यवस्था गरिएको छ। त्यो भवनमा पराल ओछ्याएर व्रतालु सुत्छन्।

">