काठमाडौं। पश्चिमी वायुको आंशिक प्रभावले शुक्रबारदेखि वाग्मती, गण्डकी र प्रदेश १ मा आंशिक बदली रही अन्य भू-भागमा मौसम सामान्यतय सफा हुने भएको छ।
पश्चिमी वायुको प्रभावले भोलिबाट देशभर मौसम बदली भई उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको मौसमविद् प्रतिभा मानन्धरले बताए। “शुक्रबारदेखि आइतबारसम्म देशभर आंशिकदेखि सामान्य बदली भई उच्च पहाडी र हिमाली भू-भागमा हिमपातको सम्भावना रहेको छ”, उनले भने।
मौसमविद्काअनुसार पश्चिमी वायुको प्रभावले ठूलो पानी पर्ने सम्भावना नरहे पनि हिमपातका कारण तापक्रम घट्ने सम्भावना रहेको छ।
जल तथा मौसम विज्ञान विभागले आगामी २४ घण्टाभित्र उच्च पहाडी तथा हिमाली भूभागमा हल्कादेखि मध्यम हिमपातको सम्भावना र तराईका केही भूभागमा विहानपख हुस्सु/कुहिरो लाग्नसक्ने हुँदा चिसो अझै रहने देखिएको बताइएको छ।
" /> काठमाडौं। पश्चिमी वायुको आंशिक प्रभावले शुक्रबारदेखि वाग्मती, गण्डकी र प्रदेश १ मा आंशिक बदली रही अन्य भू-भागमा मौसम सामान्यतय सफा हुने भएको छ।पश्चिमी वायुको प्रभावले भोलिबाट देशभर मौसम बदली भई उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको मौसमविद् प्रतिभा मानन्धरले बताए। “शुक्रबारदेखि आइतबारसम्म देशभर आंशिकदेखि सामान्य बदली भई उच्च पहाडी र हिमाली भू-भागमा हिमपातको सम्भावना रहेको छ”, उनले भने।

">