नयाँ दिल्ली। भारतको उत्तराखण्डमा गएको हिमपहिरोमा परेर मङ्गलबारसम्म २६ जनाको शव भेटिएको छ।
हिमपहिरोका कारण अरू १८० भन्दा बढी अझैपनि हराइरहेको अधिकारीहरूले जानकारी दिएका छन्। बेपत्ता भएका अधिकांश व्यक्तिहरू विद्युतगृहमा कार्यरत मजदुर रहेका छन्। सरकारी अधिकारीहरूले बेपत्ता भएका व्यक्तिहरूको खोजी तथा उद्धारकार्य जारी राखिएको पनि बताएका छन्।
मृतक तथा बेपत्ता भएकाहरू भारतको उत्तराखण्ड, उत्तर प्रदेश, पश्चिम बंगाल, बिहार, झारखण्डका रहेको जनाइएको छ। केही व्यक्ति भने नेपाली पनि हुन सक्ने अधिकारीहरूको भनाइ छ।
दुईवटा जलविद्युत परियोजना बनाइरहेको ठाउँमा हिमपहिरो गएको हो। आइतबार आएको हिमपहिरोका कारण तीव्र वेगको पानी र हिउँले पुलहरू, सडकहरू र दुईवटा विद्युतगृहमा व्यापक क्षति पुगेको छ।
स्थानीयवासी ओम अग्रवालले तीव्र गतिको नदीको भेल पहाड खसेजस्तै देखिएको बताउँदै नदी वरपरको जमिनमा भूकम्प गएझैं अनुभव गरिएको बताए।
विद्युतगृहको सुरुङमा पसेको बाढी, माटो र ढुंगाका कारण केही मानिस सुरुङभित्रै थुनिएको उद्धारकर्मीको भनाइ छ। धेरैजना उद्धारकर्मीहरू सोमबार बिहानैदेखि खटिएका छन्। राष्ट्रिय र राज्य उद्धार टोलीहरू, सेना र प्रहरीका टोलीहरू घटनास्थलमा खटिएका छन्।
भारतीय अधिकारीहरूले हिउँको ठूलो हिस्सा एकाएक नदीमा खसेपछि ठूलो बाढी आएको बताएका छन्, तर यो हिमताल विस्फोट भएर हिमपहिरोमा परिणत भएको र त्यो नदीमा खसेको पाइएको छ।
विश्वव्यापी तापमान वृद्धिको प्रभावका कारण यस क्षेत्रमा हिमनदीका मुहान क्षेत्र विस्तारै सुक्दै गएका छन् भने जलविद्युत् निर्माणले पनि हिमपहिराहरू बढी नै जान थालेको विज्ञहरूले औंल्याएका छन्। सन् २०१३ मा आएको बाढीले ६ हजार व्यक्तिको ज्यान गएको थियो।
रासस/एएनआई
" /> नयाँ दिल्ली। भारतको उत्तराखण्डमा गएको हिमपहिरोमा परेर मङ्गलबारसम्म २६ जनाको शव भेटिएको छ।हिमपहिरोका कारण अरू १८० भन्दा बढी अझैपनि हराइरहेको अधिकारीहरूले जानकारी दिएका छन्। बेपत्ता भएका अधिकांश व्यक्तिहरू विद्युतगृहमा कार्यरत मजदुर रहेका छन्। सरकारी अधिकारीहरूले बेपत्ता भएका व्यक्तिहरूको खोजी तथा उद्धारकार्य जारी राखिएको पनि बताएका छन्।

">