काठमाडौं। महेन्द्रनारायण निधि राष्ट्रिय पुरस्कार होमनाथ दाहाल र डा. रामदयाल राकेशलाई प्रदान गरिने भएको छ।
लोकतान्त्रिक आन्दोलन र पत्रकारितामा विगत ६ दशकदेखि निरन्तर सक्रिय दाहाललाई २०७६ सालको र करीब पाँच दशकदेखि भाषा, साहित्य, संस्कृति तथा अभिव्यक्ति स्वतन्त्रताका लागि नियमित साधनारत राकेशलाई २०७७ सालको पुरस्कार प्रदान गर्न लागेको हो।
त्यस्तै प्रेमसागरीदेवी निधि पुरस्कार २०७६ बाट नेपालको लोकतान्त्रिक आन्दोलनमा निरन्तर क्रियासिल ज्ञानु प्रसाईं र २०७७ बाट काशीदेवी झालाई प्रदान गर्ने निर्णय भएको छ। दुवै पुरस्कारको राशी एक/एक लाख रूपैयाँ रहेको छ।
डा. विमल कोइरालाको संयोजकत्वमा डा. दिनेश भट्टराई, डा. कुमार कोइराला, दुर्गा घिमिरे र प्रा. नवेन्द्र निधि सदस्य रहको समितिको माघ २४ गते बसेको वैठकले यो निर्णय गरेको महेन्द्रनारायण निधि स्मृति प्रतिष्ठानले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ।
यी दुवै पुरस्कार अहिंसा, शान्ति, समुदायकाबीच सद्भाव, सामाजिक न्याय र लोकतन्त्रका योद्धा स्वर्गीय महेन्द्रनारायण निधिको स्मृतिमा महेन्द्रनारायण निधि स्मृति प्रतिष्ठानद्वारा स्थापित गरिएको हो। उक्त पुरस्कार स्वर्गीय निधिको एक सयौं जन्मजयन्तीको अवसरमा फागुन १४ गते प्रदान गरिने प्रतिष्ठानका अध्यक्ष प्रा.पुरूषोत्तम दाहालले बताए।
स्वर्गीय निधिको जन्मजयन्तीको अवसरमा विचार गोष्ठी र महेन्द्रनारायण निधि अस्पतालको भवन र स्मारकको अनावरणसमेत गर्ने कार्यक्रम रहेको छ।
" /> काठमाडौं। महेन्द्रनारायण निधि राष्ट्रिय पुरस्कार होमनाथ दाहाल र डा. रामदयाल राकेशलाई प्रदान गरिने भएको छ।लोकतान्त्रिक आन्दोलन र पत्रकारितामा विगत ६ दशकदेखि निरन्तर सक्रिय दाहाललाई २०७६ सालको र करीब पाँच दशकदेखि भाषा, साहित्य, संस्कृति तथा अभिव्यक्ति स्वतन्त्रताका लागि नियमित साधनारत राकेशलाई २०७७ सालको पुरस्कार प्रदान गर्न लागेको हो।

">