काठमाडौं। यतिबेला बैतडीकी भागरथी भट्टको बलात्कारपछि हत्या भएको घटनाले देश नै स्तब्द बनेको छ। सो घटनापछि आक्रोश पैदा हुनुका साथै घटनामा संलग्नलाई पत्ता लगाएर कडा कारबाहीको माग चौतर्फी उठिरहेको छ। त्यसका लागि दबाब दिन सडकमा आन्दोलन समेत हुन थालेको छ।
सामाजिक सञ्जालमार्फत घटनाका दोषीलाई कडा कारबाहीको माग गर्नेहरू पनि थुप्रै छन्। कलाकारहरूले समेत दिनप्रतिदिन बढ्दै गएका यस्ता घटनाप्रति आक्रोश व्यक्त गर्दै पुरूषहरूको यौन मानसिकताबारे प्रश्न उठाएका छन्।
कलाकारहरूले नारीलाई कमजोर सम्झने र मानसिकतामा यौन अपराध थुप्रिएकाले यस्ता घटना बढ्दै गएको बताएका छन्।
नायिका करिष्मा मानन्धरले केही पुरूषहरूको मानसिकतामा यौन अपराधा थुप्रिएकाले बारम्बार यौन अपराध भइरहेको बताएकी छिन्।
सामाजिक सञ्जाल फेसबुकमार्फत उनले एक स्टाटस लेख्दै उनले यो एक विकराल सामाजिक समस्या भएको भन्दै यसलाई समयमै समाधान गर्नु जरूरी रहेको बताएकी छिन्।
‘राजनीतिक दल, मानव अधिकारकर्मी, सामाजिक धार्मिक अभियन्ता, नागरिक समाज, कलाकार समाजसेवी मिलेर समाजमा सभ्य, अनुशासित, नैतिक र सद्भावपूर्ण वातावरण सिर्जना गर्नेतर्फ माइला चाल्नुप¥यो’ उनले लेखेकी छिन्।
समाजलाई शिक्षित, नैतिक, अनुशासित, सभ्य र सद्भावपूर्ण बनाउनबाट चुकिरहेका छौ कि भन्दै प्रश्न गरेकी छिन्।
त्यस्तै नायिका नीता ढुंगानाले पुरूषहरूले महिलालाई सधै कमजोर लाचार सोच्ने गरेको बताएकी छन् ।
सामाजिक सञ्जालमार्फत बलात्कार र हत्याका घटना घट्दै गएकोप्रति आक्रोश व्यक्त गर्दै उनले लेखेकी छिन्, ‘नारीकै कोखबाट जन्मिएर नारीकै हातबाट हुर्किएर नारीकै जवानीलाई रित्याएर तिनै पुरुष बलवान् बन्छन् तर पनि त्यहि नारीलाई कमजोर र कम बुद्धि भएको लाचार किन सम्झन्छन्?’
सौन्दर्य शक्ति र शालीनताको अर्को रूप नारी रहेको भन्दै उनले लेखेकी छिन्, ‘संसारको कुनै रूपसँग पनि तुलना गर्न नसकिने एक विरासतको नाम हो नारी । नारीलाई अपमान होइन सम्मान गर्न सिकौं।’
नायिका केकी अधिकारीले पनि यस्ता घटना दिनप्रतिदिन बढ्दै गएको भन्दै आक्रोश व्यक्त गरेकी छिन्।
नायिका ऋचा शर्माले पनि सभ्य, अनुशासित, नैतिक र सद्भावपूर्ण वातावरण सिर्जना गर्नेतर्फ लाग्नुपर्नेमा जोड दिएकी छिन्।
अन्य कलाकारहरूले पनि भागरथीको बलात्कारपछि हत्या गर्नेलाई पत्ता लगाएर कडा भन्दा कडा कारबाहीको माग गरेका छन्।
" /> काठमाडौं। यतिबेला बैतडीकी भागरथी भट्टको बलात्कारपछि हत्या भएको घटनाले देश नै स्तब्द बनेको छ। सो घटनापछि आक्रोश पैदा हुनुका साथै घटनामा संलग्नलाई पत्ता लगाएर कडा कारबाहीको माग चौतर्फी उठिरहेको छ। त्यसका लागि दबाब दिन सडकमा आन्दोलन समेत हुन थालेको छ।सामाजिक सञ्जालमार्फत घटनाका दोषीलाई कडा कारबाहीको माग गर्नेहरू पनि थुप्रै छन्। कलाकारहरूले समेत दिनप्रतिदिन बढ्दै गएका यस्ता घटनाप्रति आक्रोश व्यक्त गर्दै पुरूषहरूको यौन मानसिकताबारे प्रश्न उठाएका छन्।

">