कैलाली। कैलालीको लम्कीचुहा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत धर्मराज बिनाडी कार्यालय आउन दैनिक एक सय ८० किलोमिटरको यात्रा गर्छन् । प्रमुख प्रशासकीय अधिकृत बिनाडी धनगढीबाट लम्कीचुहा एक सय ८० किलोमिटर दैनिक आवतजावत गर्छन्।
नगरपालिकाले प्रमुख प्रशासकीय अधिकृतका लागि आवासको व्यवस्था गरेको भए पनि बिनाडी दैनिक घरबाटै ओहरदोहर गर्छन्। पाँच महिनाअघि सरुवा भएर लम्कीचुहामा आएका बिनाडी कार्यालयको खर्चमा दैनिक एक सय ८० किलोमिटर ओहरदोहर गरिरहेका छन् ।
प्रमुख प्रशासकीय अधिकृतको यातायात खर्चका बारेमा लेखा अधिकृत धर्मराज उपाध्यायले बोल्न चाहेनन्। उपाध्यायले इन्धनमा नगरपालिकाको मासिक खर्च दुई लाखसम्म हुने बताए ।
“आवास छ, सम्झौता भएकोजस्तो लाग्छ, सम्झौता कति रकममा भएको छ, त्यो त प्रशासनमा हेर्नुपर्छ”, उपाध्यायले भने, “घरायसी समस्याले ओहरदोहर गर्नुभएको हो ।”
यसरी ओहरदोहर गर्दा सेवासमेत प्रभावित भएको स्थानीयबासीको भनाइ छ । “यसरी प्रभावकारी सेवा दिनुहुन्छ जस्तो लाग्दैन”, स्थानीयवासी ललित जैशीले भने, “स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृतलाई खाने, बस्ने व्यवस्था स्थानीय सरकारले गर्ने प्रावधान छ जस्तो लाग्छ । त्यति लामो दूरी टाढा बस्नु भनेको इन्धनदेखि लिएर अन्य खर्च हुन्छ, उहाँले भुक्तानी कसरी बुझ्नुहुन्छ हामीले थाहा पाउने कुरा भएन ।”
जैशीले स्थानीय तह प्रभावकारीरूपमा चलेको जस्तो नलागेको बताए । “यसरी लामो दूरी यात्रा गरेर कसरी प्रभावकारी सेवा दिन सक्नुहुन्छ ?”, जैशीले प्रश्न गरे ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बिनाडीले आवास तयार हुँदै गरेको बताए । सेवा प्रभावित भएकाे भन्ने कुरामा उनी सहमत छैनन् । बिनाडीले आफू समयमै उपस्थित हुने गरेको जिकिर गरे ।
“म कहिलै पनि १० बजेभन्दा एक मिनेट ढिला गरेको छैन, पाँच नबजी निस्केको पनि छैन”, बिनाडीले भने, “मैले एक दिन पनि बिदा लिएको छैन । दैनिक ओहरदोहरमा लाग्ने इन्धन, त्यो त हेर्नुपर्छ मलाई थाहा हुँदैन ।”
उता नगरप्रमुख महादेव बजगाईँले प्रमुख प्रशासकीय अधिकृतका लागि आवासको व्यवस्था भएको भन्दै क्वार्टरमा नबस्नु प्रमुख प्रशासकीय अधिकृतको आफ्नै समस्या रहेको बताए ।
“होइन आवासको व्यवस्था छ, अस्ति मैले पनि सोधेको थिएँ”, नगरप्रमुख बजगाईँले भने, “उहाँको श्रीमती बिरामी भएर हो, अब बस्नुहुन्छ ।”
प्रमुख प्रशासकीय अधिकृत बिनाडी यसअघि लम्कीचुहा नगरपालिकामा आएर इन्धन र कार्यालयको खरिदकै बारेमा विवाद भएपछि तत्कालीन नेकपा (एमाले) ले विरोध गरेको थियो । राजनीतिक संयन्त्रले विरोध गरेपछि उनी अन्यत्र सरुवा भएर गएका हुन् ।
पछिल्लो समय स्थानीय तहमा खर्च हुने इन्धनका बारेमा बढी गुनासो आउन थालेको छ । स्थानीयवासीले इन्धन र स्रोत साधन प्रयोगमा मनपरी हुन थालेको गुनासो गरेका छन् । रासस