सुर्खेत। कर्णाली प्रदेशको राजधानी सुर्खेतले चालु आव २०७७/७८ को छ महिनामा तरकारी तथा फलफूलमा एक अर्ब ३६ करोडको कारोबार गरेको छ ।
कृषि विकास निर्देशनालय कर्णाली प्रदेशले संकलन गरेको अर्थ बजारको तथ्यांकलाई हेर्दा छ महिनामा एक अर्ब ३६ करोड ७९ लाख दुई हजार छ सय रूपैयाँको कारोबार भएको पाइएको हो ।
मुलतः वर्षे तथा हिउँदे तरकारी, बेसार, अलैँची, तरकारी बीउ, वर्षे मकै, बदाम, कन्येच्याउ, लिची, आँप, सुन्तला, वर्षे तथा हिउँदे आलु, जुनार (मौसम), अदुवा र लसुनमा भएको कारोबारलाई पहिलोपटक तथ्यांकमा निकालिएको निर्देशनालयका निमित्त निर्देशक चित्रबहादुर रोकायले जानकारी दिए ।
“हामीले सुर्खेत जिल्लामा पहिलोपटक लिएको फलफूल र तरकारी बालीवस्तुको आर्थिक कारोवार हो”, निर्देशक रोकायले भने, “उत्पादित बालीवस्तुबाट भएको आन्तरिक तथा बाह्य कारोवार कति भएको छ भन्ने कुरा यो प्रारम्भिक तथ्यांकले देखाएको छ ।”
उनले भने, “सुर्खेत राजधानी भएर कर्णालीका अन्य जिल्लाबाट आएको तरकारी तथा फलफूलको कुरा हुनसक्छ, निर्यात कारोबार तेब्बरले भएको देखिन्छ ।”
उनका अनुसार सुर्खेत जिल्लाभित्र भएको ५३ हजार पाँच सय ५३ क्विन्टलबाट २३ करोड १४ लाख २३ हजार चार सय बराबरको कारोबार भएको छ भने सुर्खेतबाट बाहिर निर्यात दुई लाख २५ हजार ५८९ क्विन्टलमा ८० करोड ५३ लाख ६९ हजार दुई सय रूपैयाँको कारोबार भएको छ । यो प्रारम्भिक तथ्यांक भएकाले यसको प्रशोधन गरिने निर्देशक रोकायको भनाइ छ ।
निर्देशनालयका अर्थविज्ञ प्रिया थापाले उत्पादित कन्येच्याउ दुई हजार सात सय २५ क्विन्टलबाट छ करोड २६ लाख ७५ हजार, हिउँदे तरकारी २० हजार पाँच सय ६७ क्विन्टलबाट छ करोड १७ लाख एक हजार रूपैयाँ र वर्षे तरकारी १८ हजार चार सय ८८ क्विन्टलबाट पाँच करोड ९१ लाख ६१ हजार झ सय रूपैयाँको आन्तरिक कारोबार भएको बताए ।
“कारोबार भएका तरकारी तथा फलफूल बालीमा आयातभन्दा कर्णालीले उत्पादन गरेका फलफूल र तरकारी बालीवस्तु नै छन्”, अर्थविज्ञ थापाले भने, “उत्पादित बालीवस्तुबाट भएको कारोबारमा कर्णालीले कति निर्यात र आयात गर्दोरहेछ भन्ने कुराको निर्क्याैल गरिनेछ ।” पहिलोपटक लिएका तथ्यांकको प्रमाणीकरण गरिने उनले बताए ।
त्यसैगरी निर्यातित वर्षे तरकारी एक लाख ६६ हजार चार सय ६१ क्विन्टलबाट ५३ करोड २६ लाख ७५ हजार दुई सय, हिउँदे आलु २७ हजार ६७५ क्विन्टलबाट १२ करोड ७३ लाख पाँच हजार, हिउँदे तरकारी १७ हजार ५४८ क्विन्टलबाट पाँच करोड २६ लाख ४४ हजार र सुन्तला पाँच हजार आठ सय ५६ क्विन्टलबाट तीन करोड ८० लाख ६४ हजार बाह्य कारोबार भएको अर्थविज्ञ थापाले बताए ।
" /> सुर्खेत। कर्णाली प्रदेशको राजधानी सुर्खेतले चालु आव २०७७/७८ को छ महिनामा तरकारी तथा फलफूलमा एक अर्ब ३६ करोडको कारोबार गरेको छ ।

">