काठमाडौं। अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पका वकिलहरुले उनका समर्थकले आफ्नै विवेकमा संसद भवनमाथि हमला गरेको तर्क गरेका छन् ।
ट्रम्पमाथिको महाभियोगसम्बन्धी आरोपबारे जबाफ दिँदै ट्रम्पका वकिलहरूले ट्रम्पको आदेशमा आक्रमण नभएको तर्क दिएका हुन् ।
राजधानी वाशिंगटनस्थित क्यापिटल भवनमाथि गत ६ जनवरीमा निर्वाचनको मतपरिणाम प्रमाणित गर्ने क्रम चलिरहँदा ट्रम्प समर्थकले हमला गरेका थिए ।
सो हमलामा पाँच जनाको मृत्यु समेत भएको थियो । सो घटनालाई लिएर अमेरिकी संसदको माथिल्लो सदन सिनेटमा महाभियोगमाथि सुनुवाइ सुरु हुँदैछ ।
गत महिना तल्लो सदन हाउस अफ रिप्रेजेन्टेटिभ्सले दोस्रो पटक ट्रम्पमाथि महाभियोग पारित गरेको थियो । हिंसात्मक दंगा सुरु हुनुअगाडि आफ्ना समर्थकहरूलाई ट्रम्पले हिंसाका लागि उक्साएको आरोप छ।
ट्रम्पले महाभियोगसम्बन्धी सुनुवाइमा आफू बयान दिन नआउने बताउँदै आएका छन्। उनी अमेरिकी इतिहासमा दुई पटक महाभियोग लगाइएका पहिलो राष्ट्रपति हुन्।
ट्रम्पका वकिलहरूले उनीविरुद्ध सुनुवाइ गर्न खोज्नु असंवैधानिक भएको पनि दाबी गरेका छन्। उनी अहिले पदमा नरहेको र आमनागरिक भइसकेकोले महाअभियोगमाथि सुनुवाइ गर्न नहुने वकिलहरूको तर्क छ।
उनीहरूले महाभियोग प्रक्रियालाई डेमोक्र्याटले गरेको ‘राजनीतिक नौटंकी’ र ‘एउटा निर्लज्ज राजनीतिक कार्य’ भएको बताएका छन् ।