म्याग्दी। म्याग्दीको बेनी नगरपालिकाले चालु आर्थिक वर्ष २०७७/७८ मा चार सय पाँच वटा पूर्वाधार योजना सञ्चालन गरेको छ ।
बजेट विनियोजन भएका योजना कार्यान्वयनका लागि ठेक्का प्रक्रियाका साथै उपभोक्ता समिति गठन गरेर सम्झौतालाई तीव्रता दिएको नगरपालिकाले जनाएको छ ।
बेनीमा सोमबार भएको आठौँ नगरसभामा नगरप्रमुख हरिकुमार श्रेष्ठले हालसम्म एक ६२ को सम्झौता र ३५ वटाको भुक्तानीसमेत भएको जानकारी दिए ।
“१० लाख रूपैयाँभन्दा बढी बजेट विनियोजन भएका पूर्वाधार योजना ठेक्का प्रक्रियाबाट कार्यान्वयनमा लगेका छौँ”, उनले भने, “यसपालि वैशाखअघि नै योजना सम्पन्न गरिसक्ने लक्ष्यसहित कार्यान्वयनमा जुटेका छौँ । सडक निर्माण, स्तरोन्नति, भवन, सिँचाइ, खानेपानी, नदी तथा पहिरो नियन्त्रणसँग सम्बन्धित योजना धेरै छन् ।”
प्रगति विवरण सार्वजनिक गर्दै नगरप्रमुख श्रेष्ठले अर्जुन मावि भकुण्डेबाहेकका विद्यालयमा व्यवस्थापन समिति पुनर्गठन भएको, दरबन्दी मिलान निष्कर्षउन्मुख भएको, आठ सय ३५ जना बेरोजगारको विवरण सङ्कलन गरी प्रधानमन्त्री रोजगार कार्यक्रममा परिचालन गर्न १४ वटा योजनालाई एक करोड २२ लाख विनियोजन गरिएको बताए ।
सबै वडा कार्यालयमा अनलाइनबाट व्यक्तिगत घटना दर्ता सुरू गरेको, एक गाउँ एक उत्पादन प्रवर्द्धन कार्यक्रम सञ्चालन गर्न लागिएको, विद्यालय नर्स कार्यक्रम सुरू गरेको र कोरोना रोकथाममा विभिन्न कार्यक्रम भएको उनले जानकारी दिए ।
उनले पशु सेवातर्फ हालसम्म तीन हजार एक सय ४४ पशुको उपचारका साथै एक सय ५६ कृषकलाई निःशुल्क घाँसको बीउ वितरण गरेको बताए ।
न्यायिक समितिमार्फत गत वर्षको बाँकी रहेका चार र यस वर्ष थपिएका चारमध्ये तीन मुद्दाको फछ्र्याैट भएको छ । अपाङ्गता भएका व्यक्तिलाई परिचयपत्र वितरणका साथै हिंसा प्रभावितका लागि सेवा केन्द्र स्थापना गरिएको छ । लघुउद्यम विकास कार्यक्रम सञ्चालन गरिएको नगरप्रमुख श्रेष्ठले बताए ।
नगरसभाले उपप्रमुख सञ्जु बरुवालले प्रस्तुत गरेको संशोधित बजेट वक्तव्य र विपद् व्यवस्थापन समितिका संयोजक टेकबहादुर रावलले प्रस्तुत गरेको ‘स्थानीय तहमा वातावरण तथा प्राकृतिक स्रोतको संरक्षण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७७’ पारित गरेको छ ।
गत असार १८ गते सम्पन्न नगरसभाले ६२ करोड ३२ लाख ५८ हजार २६४ रूपैयाँको बजेट पारित गरेको थियो । गत आवमा खर्च हुन बाँकी बजेटलाई थप गरेर ६६ करोड सात लाख ४६ हजार ४४२ को बनाइएको छ ।
सञ्चित कोषमा रहेकोमध्ये दुई करोड ७८ लाख ८८ हजार चार ७० रूपैयाँ विभिन्न योजनालाई विनियोजन गर्ने कार्यपालिकाको बैठकको निर्णयलाई नगरसभाले पारित गरेको उपप्रमुख बरुवालले बताए ।
बाँकी मध्ये थप एक करोड ९० लाख ८० हजार रूपैयाँ पनि विभिन्न योजना तथा कार्यक्रममा विनियोजन भएको छ ।
वडा नं ८ को कार्यालय र क्याम्पसचोकको बाढी व्यवस्थापन गर्न निजी घरजग्गा अधिग्रहणका लागि ७२ लाख ७३ हजार रूपैयाँ विनियोजन भएको छ ।
यसैगरी नगर उपप्रमुख बरुवालले गत आव २०७६/७७ मा कुल तीन करोड ३३ लाख ३८ हजार पाँच सय ५० रूपैयाँ राजश्व सङ्कलन भएकामा चालु आवको पुस मसान्तसम्म एक करोड ४८ लाख १० हजार नाै सय ८७ रूपैयाँ संकलन भएको जानकारी गराए ।
यस वर्ष नगरपालिकाले चार करोड तीन लाख राजश्व सङ्कलन गर्ने प्रक्षेपण गरेको थियो । वातावरणसम्बन्धी ऐन बनेपछि नदीजन्य पदार्थको उत्खनन, निकासी र अन्य विकास आयोजनाको प्रारम्भिक वातावरणीय परीक्षणको प्रतिवेदन नगर कार्यपालिकाले पारित गर्ने अधिकार पाएको छ ।
यसअघि जिल्ला समन्वय समितिले आइई प्रतिवेदन पारित गर्दै आएको थियो ।
ऐनले फोहरमैलाको व्यवस्थापन र साँध सिमानाका रुख काट्ने अधिकारी पनि नगरपालिकाले प्रयोग गर्ने कानूनी बाटो खोलिदिएको प्रमुख प्रशासकीय अधिकृत छविलाल सुवेदीले बताए । फोहर व्यवस्थापनमा असहयोग र ऐनको उल्लंघन गर्नेलाई जरिवानासमेत गर्न पाउने व्यवस्था गरिएको छ ।
दुर्गममा स्वास्थ्यचौकी स्थापना
म्याग्दीको भौगोलिकरूपमा विकट र दुर्गम क्षेत्रमा पर्ने धवलागिरि गाउँपालिका–७ धारापानीमा स्वास्थ्यचौकी स्थापना भएपछि नागरिकलाई राहत मिलेको छ ।
साविक ताकम गाविसको १ र २ नं वडामा पर्ने धारापानीका बासिन्दालाई ताकममा रहेको वडास्तरीय स्वास्थ्यचौकीमा पुगेर सेवा लिन अपायक परेपछि नयाँ चौकी स्थापना भएको हो ।
गाउँपालिकाले स्वास्थ्यचौकी स्थापना गरेपछि स्थानीयवासीको स्वास्थ्य सेवामा सहज पहुँच पुगेको धारापानीका किरन थापाले बताए ।
“यसअघि सामान्य बिरामी हुँदा पनि करिब एक घण्टा हिँडेर ताकम अथवा दरवाङ पुग्नुपर्ने थियो”, उनले भने, “स्वास्थ्यचौकी स्थापनापछि आधारभूत स्वास्थ्य सेवामा पहुँच पुगेको छ ।”
धारापानीमा गत साउनमा सुरू भएको सामुदायिक स्वास्थ्य एकाइलाई २०७७ पुस दोस्रो हप्ता भएको विशेष गाउँसभाको निर्णयानुसार स्वास्थ्यचौकीमा स्तरोन्नति गरिएको हो । सो गाउँसभाले ताकममा पाँच शय्या क्षमताको अस्पताल बनाउने र धारापानीमा स्वास्थ्यचौकी सञ्चालन गर्ने निर्णय भएको थियो ।
किसानी माविमा एकीकरण भएको तत्कालीन धवलागिरि आधारभूत विद्यालयको भवनमा स्वास्थ्यचौकी स्थापना भएको हो । तीनमध्ये दुईवटा कोठा स्वास्थ्यचौकीका लागि प्रयोग गरिएको छ । पुरानो भवन मर्मत गरिएको छ ।
स्वास्थ्यचौकीबाट धारापानीका तीन सय ५० घरधुरी लाभान्वित भएका छन् । एक अहेव र एक अनमीको व्यवस्था गरिएको गाउँपालिकाका उपाध्यक्ष रेशम छन्त्यालले बताए ।
“सेवाग्राहीको चाप र सेवाको प्रभावकारिता हेरेर थप जनशक्ति र पूर्वाधारको व्यवस्थापन गर्छौँ”, उनले भने, “गाउँसभाले गरेको निर्णय एक महिनामै कार्यान्वयन गरेका छौँ ।”
स्वास्थ्यचौकीबाट स्वास्थ्य परीक्षण, परामर्श र निःशुल्क औषधि वितरणका साथै स्वास्थ्य शिक्षासम्बन्धी कार्यक्रम गरिने भएको छ । ताकममा अस्पताल भवन बनाउन यसवर्ष विनियोजन भएको ७० लाख बजेटको पनि ठेक्का प्रक्रिया सुरू गरेको छ ।
सात वडा रहेको धवलागिरिमा धारापानीसहित आठ स्वास्थ्यचौकी छन् । भौगोलिकरूपमा विकट क्षेत्रमा पर्ने बगर, खिवाङ र आरवाङमा सामुदायिक स्वास्थ्य एकाइ सञ्चालन गरिएको छ ।
प्रदेश सरकारसँगको साझेदारीमा मुना स्वास्थ्यचौकीको भवन निर्माण अन्तिम चरणमा पुगेको छ । लुलाङ, ताकम र मराङ स्वास्थ्यचौकीको भवन यसअघि नै निर्माण भएको थियो । मल्कवाङ स्वास्थ्यचौकी भवन निर्माणाधीन अवस्थामा छ । मुदी स्वास्थ्यचौकीको पनि आफ्नै भवन छैन । रासस
" /> म्याग्दी। म्याग्दीको बेनी नगरपालिकाले चालु आर्थिक वर्ष २०७७/७८ मा चार सय पाँच वटा पूर्वाधार योजना सञ्चालन गरेको छ ।बजेट विनियोजन भएका योजना कार्यान्वयनका लागि ठेक्का प्रक्रियाका साथै उपभोक्ता समिति गठन गरेर सम्झौतालाई तीव्रता दिएको नगरपालिकाले जनाएको छ ।

">