खैरो हेरोइनसहित २ जना कैलालीमा पक्राउ
<p>कैलाली। तीन ग्राम लागु औषध खैरो हेरोइनसहित कैलालीमा दुईजना पक्राउ परेका छन्। </p>
<p>पक्राउ पर्नेमा लम्कीचुहा नगरपालिका - ६ गुलराका २५ वर्षीय भरत साउँद र सोही ठाउँका २४ वर्षीय राजुसिंह ठकुरी रहेको जिल्ला प्रहरी कार्यालय, कैलालीका प्रहरी नायव उपरीक्षक दक्षकुमार बस्नेतले बताए। </p>
<p>इलाका प्रहरी कार्यालय, टीकापुरको टोलीले टीकापुर नगरपालिका-७ कालाकुण्डबाट २४ मंसीर साँझ उनीहरुलाई पक्राउ गरिएको हो। </p>
<p>पक्राउ परेका दुवैजनालाई लागू औषध ओसारपसारमा मुद्दा चलाइने प्रहरीको तयारी छ।</p>
प्रतिक्रिया दिनुहोस्
