इजरायल। भ्रष्टाचारको आरोप लागेका इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले आफूमाथि लागेको आरोप अस्वीकार गरेका छन्।
जेरुसेलमस्थित जिल्ला अदालतमा सोमबार भएको सुनुवाइका क्रममा उनले आफूमाथि लगाइएका आरोपहरूप्रति आफू कुनै जिम्मेवार नभएको उल्लेख गरेका हुन्।
इजरायली प्रधानमन्त्री नेतान्याहु गत वर्षको मेपछि अहिले दोस्रोपटक अदालतमा उपस्थित भएको समाचारमा जनाइएको छ। अदालतबाट निस्कने क्रममा उनले पत्रकारहरूसँग भने, “मैले अदालतले माग गरेअनुसारको जवाफ लिखित रूपमा लेखेर पेश गरेको छु।”
उनलाई अघिल्लो महिना जवाफ पेश गर्न अदालतले आदेश दिएको थियो। शुरुमा उनलाई जनवरी १३ मा जवाफ पेश गर्न आदेश दिइए पनि लकडाउनका कारण उनले अहिले मात्रै जवाफ पेश गरेका हुन्।
प्रधानमन्त्री नेतान्याहुलाई धेरै विषयमा भ्रष्टाचार गरेको आरोप लगाइएको छ। ती आरोपहरूमाथि अहिले अनुसन्धान पनि भइरहेको अधिकारीहरूले जनाएका छन्।
उनलाई लगाइएको आरोपहरू सत्य सावित भएमा उनी १० वर्षभन्दा बढी कारागारमा बस्नु पर्ने कानुनी व्यवस्था छ। इजरायलमा आगामी मार्च २३ तारिखका दिन निर्वाचन गर्ने तयारी भइरहेको छ।
रासस/एएनआई
" /> इजरायल। भ्रष्टाचारको आरोप लागेका इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले आफूमाथि लागेको आरोप अस्वीकार गरेका छन्।जेरुसेलमस्थित जिल्ला अदालतमा सोमबार भएको सुनुवाइका क्रममा उनले आफूमाथि लगाइएका आरोपहरूप्रति आफू कुनै जिम्मेवार नभएको उल्लेख गरेका हुन्।

">