काठमाडौं। दक्षिण पूर्वी एसियाको राष्ट्र म्यानमारमा गत साता भएको सैनिक कूविरुद्ध देशभर जारी प्रदर्शनमा दशौं हजारले सहभागिता जनाएका छन् ।
म्यानमारमा सैनिक कूविरुद्ध प्रदर्शन भएको यो लगातार तेस्रो दिन हो । सैनिकले जननिर्वाचित सरकारलाई हटाएर गत साता सत्ता कब्जाको घोषणा गरेको थियो ।
सेनाले सत्ता हातमा लिएको विरोधमा ठूला ठूला प्रदर्शन जारी रहेका छन् । मुख्य सहर यांगुनमा देशव्यापी हडतालको स्वरूप दिने गरी कानुन व्यवसायी, शिक्षक र निजामती कर्मचारीसहित विभिन्न पेसागत समूह भेला भएका छन्।
राजधानी नेपितमा प्रहरीले प्रदर्शनकारीहरूलाई तितरबितर पार्न पानीको फोहोरा प्रयोग गरेको थियो । यद्यपि प्रदर्शनकारीले प्रदर्शनलाई निरन्तरता दिएका छन् ।
गत सोमवार सेनाले निर्वाचित नेतृ आङ सान सूचीलगायत नेताहरूलाई पक्राउ गरी हिरासतमा राखेर सैनिक शासन पुनः लागू गर्दै ११ सदस्यीय शासक परिषद् गठन गरेको सेनाले हालसम्म कुनै सार्वजनिक टिप्पणी गरेको छैन ।
८ नोभेम्बरमा भएको निर्वाचनमा सूचीको नेसनल लिग फर डेमोक्रेसी पार्टीले स्पष्ट बहुमत प्राप्त गरेको थियो । तर सेनाले सो निर्वाचनमा धाँधली भएको भन्दै परिणाम अस्वीकार गर्दै आएको थियो ।
गत सोमबार संसदको पहिलो बैठक बस्नुअघि सेनाले सत्ता हातमा लिँदै एक वर्ष संकटकालको घोषणा गरेको छ ।