सुर्खेतमा श्री एयरलायन्सको परीक्षण उडान सुरू
<p>काठमाडाैं। निजी वायु सेवा कम्पनी श्री एयरलाइन्सले काठमाडौँ–सुर्खेत विमानस्थलमा परीक्षण उडान सुरु गरेको छ ।</p>
<p>काठमाडौँ–सुर्खेत सिधा परीक्षण उडान शुरु गरेको श्री एयरलाइन्सको ८० सिट क्षमताको क्युआर–८०० जहाजले आज बिहान १०ः३५ मिनेटमा धावनमार्गमा अवतरण गरेको नागरिक उड्डयन कार्यालय सुर्खेतका प्रमुख उमेश पन्थीले जानकारी दिए ।</p>
<p>“चालक भरतसिंह थापाको नेतृत्वमा जहाज सुर्खेत विमानस्थलमा अवतरण गरेको हो”, उनले भने, “अब नियमित उडान गर्दा कतिसम्म भार बहन गर्न सकिन्छ भन्नेबारे एयरलाइन्सका प्राविधिकले अध्ययन गर्छन् होला ।”</p>
<p>उनले २० देखि २२ डिग्री सेल्सियस तापक्रमसम्म क्षमताअनुसारको लोड ल्याउन सकिने चालकले जानकारी गराएको बताए । कार्यालय प्रमुख पन्थीका अनुसार जहाजका लागि रनवे उपयुक्त रहेको तर नियमित उडानका लागि श्री एयरलायन्स कम्पनीले बजारको अवस्था अध्ययन गर्ने बताएको छ । </p>
प्रतिक्रिया दिनुहोस्
