नवलपरासी। नारायणी नदीमा नुहाएर फर्किने क्रममा गैंडाको आक्रमणबाट एक वृद्धा घाइते भएका छन्। नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को मध्यबिन्दु नगरपालिका-३ ब्रह्मस्थानकी ७५ वर्षीया रुक्मीणि रेग्मी गैंडाको आक्रमणबाट घाइते भएका हुन्।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी विशाल तामाङका अनुसार आज विहान करीब १०:३० बजे गैंडाले आक्रमण गर्दा रेग्मी घाइते भएका हुन्।
गैंडाको आक्रमणबाट रेग्मीको शरीरका विभिन्न भागमा चोट लाग्दा उनको अवस्था गम्भीर रहेको तामाङले बताए। घाइते रेग्मीको मध्यबिन्दु जिल्ला अस्पताल डण्डामा प्राथमिक उपचारपश्चात् थप उपचारका लागि चितवनको भरतपुर पठाइएको तामाङले बताए।
ब्रह्मस्थान क्षेत्रमा एउटा बूढो गैंडा रहेको र हरेक दिन विहान नारायणी नदीतर्फ जाने गरेको स्थानीयबासी हुमनाथ पोखरेलले बताए।
रासस
" /> नवलपरासी। नारायणी नदीमा नुहाएर फर्किने क्रममा गैंडाको आक्रमणबाट एक वृद्धा घाइते भएका छन्। नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को मध्यबिन्दु नगरपालिका-३ ब्रह्मस्थानकी ७५ वर्षीया रुक्मीणि रेग्मी गैंडाको आक्रमणबाट घाइते भएका हुन्।जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी विशाल तामाङका अनुसार आज विहान करीब १०:३० बजे गैंडाले आक्रमण गर्दा रेग्मी घाइते भएका हुन्।

">