काठमाडौं। बैतडीकी १७ वर्षीया किशोरी भागरथी भट्टको बलात्कारपछि हत्या भएको घटनाबारे गम्भीर ढंगले अनुसन्धानका लागि सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख (डीआईजी) उत्तमराज सुवेदीको उपस्थितिमा सर्वदलीय बैठक बसिरहेको छ।
जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायव उपरीक्षक (डीएसपी) नारायणप्रसाद अधिकारीले घटनाको अनुसन्धानमा कुनै कमिकमजोरी नहुने गरी अनुसन्धान गर्ने विषयमा बैठकमा छलफल भइरहेको बताए।
जिल्ला सुरक्षा समितिसँगै जिल्लास्थित राजनीतिक दल लगायतका प्रतिनिधिहरू बैठकमा सहभागी छन्। घटनाको अनुसन्धानमा थप समन्वय गर्न डीआइजी सुवेदी आइतबार (हिजो) विहान घटनास्थल पुगेका थिए।
कञ्चनपुरको भीमदत्त नगरपालिकाकी किशोरी निर्मला पन्तको बलात्कारपछि गरिएको हत्या घटनाको अनुसन्धानमा जसरी लापारबाही नहोस् भनेर डीआइजी सुवेदी आफैं बैतडी पुगेका हुन्। उनले एसएसपी जनकराज पाण्डेको नेतृत्वमा प्रहरीको एउटा टोली बिहीबारदेखि नै घटनास्थलको अनुसन्धानमा खटाएका छन्।
प्रहरी प्रधान कार्यालय नक्सालबाट सीआईबीका डीएसपी पञ्चकुमार बाखु नेतृत्वको टोली पनि घटनास्लथमा खटिएका छन्। घटनाको अनुसन्धानमा जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय पाटनको टोली पनि व्यस्त छ। भागरथीको बलात्कारपछि गत बुधबार हत्या भएका थियो।
मृतक भागरथीको ‘भनाइनल स्वाब’लाई परीक्षणका लागि राष्ट्रिय विधि विज्ञान प्रयोगशालाखामा पठाएको छ। जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक जनक धामीले स्वाब परीक्षणले हत्या अनुसन्धानमा थप सहयोग मिल्न सक्ने बताए।
भागरथीको स्वाबसँग शंकास्पद व्यक्तिहरूको शुक्रकिट मिलेमा दोषी पत्ता लाग्ने विश्वास छ। सुदूरपश्चिम प्रहरी कार्यालयका प्रहरी प्रवक्ता तथा प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) मुकेशकुमार सिंहले आइतबारदेखि विद्यालयमा पठनपाठन भएकाले शिक्षक, विद्यार्थी, घटनास्थल नजिकैको सडक हुँदै चल्ने सवारीचालकसँगै सहचालक र मृतककी आफन्तहरूसँग सोधपुछ गरिरहेको बताए।
" /> काठमाडौं। बैतडीकी १७ वर्षीया किशोरी भागरथी भट्टको बलात्कारपछि हत्या भएको घटनाबारे गम्भीर ढंगले अनुसन्धानका लागि सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख (डीआईजी) उत्तमराज सुवेदीको उपस्थितिमा सर्वदलीय बैठक बसिरहेको छ।जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायव उपरीक्षक (डीएसपी) नारायणप्रसाद अधिकारीले घटनाको अनुसन्धानमा कुनै कमिकमजोरी नहुने गरी अनुसन्धान गर्ने विषयमा बैठकमा छलफल भइरहेको बताए।

">