प्रहरीलाई हातपात गरेको अभियोगमा पक्राउ
<p>झापा। कचनकवल गाउँपालिका–६ बनियानी चोकमा डिउटीमा खटिएको प्रहरीलाई हातपात गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । </p>
<p>पक्राउ पर्नेहरुमा सोही ठाउँ बस्ने ३५ वर्षीय रतन राजबंशी र ३३ वर्षीय डिल्ली राजबंशी रहेका छन् ।</p>
<p>मोटरसाइकलमा बिना हेलमेट सवार भइरहेका उनीहरुलाई ईलाका प्रहरी कार्यालय बनियानीबाट खटिएको प्रहरीले हेलमेट लगाउन भन्दै रोक्दा प्रहरीलाई गाली गलौज तथा हातपात समेत गरेपश्चात उनीहरुलाई पक्राउ गरेको हो । </p>
प्रतिक्रिया दिनुहोस्
