हेटौंडा। मकवानपुर प्रहरीले लागुऔषध चरेस मुद्दामा फरार एक र कुटपिट मुद्दामा फरार दुईजना प्रतिवादीलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयले पक्राउ परेका प्रतिवादीलाई आज सार्वजनिक गर्दै जिल्ला अदालत पठाएको हो।
जिल्ला अदालतले २०७५ साल असार ४ गते दोषी ठहर गर्दै पाँच दिन कैद भुक्तान गर्न बाँकी रही फरार रहेका हेटौंडा उपमहानगरपालिका-५ का २८ वर्षीय सुरज लामालाई पक्राउ गरिएको हो। उनलाई लुकीछिपी बसेको अवस्थामा हेटौँडा-५ बाट पक्राउ गरेको जनाइएको छ । पक्राउ परेका लामालाई कैद भुक्तानका लागि जिल्ला अदालत पठाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
त्यसैगरी कुटपिट मुद्दामा जिल्ला अदालतले २०७३ साल वैशाख ३० गते दोषी ठहर गर्दै प्रतिव्यक्ति ५० हजार जरिवाना भुक्तानी गर्न बाँकी रहेको मनहरि नपा- १ का ३५ वर्षीय रामप्रसाद लटौंला र ३२ वर्षीया अञ्जु लटौंलालाई पक्राउ गरिएको छ। पक्राउ परेका दुवैलाई जिल्ला अदालत पठाइएको प्रहरीले जनाएको छ।
रासस
" /> हेटौंडा। मकवानपुर प्रहरीले लागुऔषध चरेस मुद्दामा फरार एक र कुटपिट मुद्दामा फरार दुईजना प्रतिवादीलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयले पक्राउ परेका प्रतिवादीलाई आज सार्वजनिक गर्दै जिल्ला अदालत पठाएको हो।जिल्ला अदालतले २०७५ साल असार ४ गते दोषी ठहर गर्दै पाँच दिन कैद भुक्तान गर्न बाँकी रही फरार रहेका हेटौंडा उपमहानगरपालिका-५ का २८ वर्षीय सुरज लामालाई पक्राउ गरिएको हो। उनलाई लुकीछिपी बसेको अवस्थामा हेटौँडा-५ बाट पक्राउ गरेको जनाइएको छ । पक्राउ परेका लामालाई कैद भुक्तानका लागि जिल्ला अदालत पठाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

">