काठमाडौं। सुनसरीको बराहक्षेत्र नगरपालिका-११ शुक्रबारेस्थित सडकमा प्र-१-०२-०४३ प ५८४ नम्बरको मोटरसाइकल अनियन्त्रित भई बिजुलीको पोलमा ठोक्किएर दुर्घटना हुँदा मोटरसाइकल चालक कोशी गाउँपालिका-२ बस्ने १८ वर्षीय निरन्जन उराउको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल इनरूवामा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार एक जनाको स्थानीय मेडिकल मधुवनमा उपचार भइरहेको छ।
कैलालीको गोदावरी नगरपालिका-९ बल्मीस्थित सडकमा से.७ प ५३८४ नम्बरको मोटरसाइकलको ठक्करबाट साइकलयात्री धनगढी उपमहानगरपालिका-११ घुर्सुवा बस्ने ५१ वर्षीय ट्याउटु चौधरीको मृत्यु भएको छ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको कोहलपुर मेडिकल कलेजमा उपचारको लागि लैजाने क्रममा बाटोमै मृत्यु भएको हो। मोटरसाइकलमा सवार २५ वर्षीया सन्ध्या चौधरीको पद्मा अस्पताल अत्तरीयामा उपचार भइरहेको छ । मोटरसाइकल र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
नुवाकोटको लिंखु गाउँपालिका-३ स्थित सडकमा प्र.३-०१०२ च ३७१९ नम्बरको बलेरो गाडी र बा.६३ प ४६९५ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किएर दुर्घटना हुँदा मोटरसाइकल चालक २२ वर्षीय कमान तामाङको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारको लागि त्रिशुली अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो। दुर्घटनामा गम्भीर घाइते भएका ४५ वर्षीय रमेश तामाङको ग्रिनसिटी अस्पताल काठमाडौंमा उपचार भइरहेको छ। दुवै सवारी साधन र बलेरो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।