काठमाडौं। सप्तरीको शम्भुनाथ नगरपालिका-२ भलुवाहीबाट एक थान एकनाले भरूवा बन्दुकसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेहरूमा २५ वर्षीय रामपुकार माझी र २२ वर्षीय रामस्वरुप मण्डल रहेका छन् । इलाका प्रहरी कार्यालय रूपनीबाट खटिएको प्रहरीले उक्त बन्दुकसहित फेला पारी उनीहरूलाई पक्राउ गरेको हो।
कपिलवस्तुको वाणगंगा नगरपालिका-७ मोतीपुरधैरेनी डाँडाबाट दुई थान एकनाले भरूवा बन्दुक प्रहरीले बरामद गरेको छ । इलाका प्रहरी कार्यालय पिपराबाट खटिएको प्रहरीले बेवारिसे अवस्थामा उक्त बन्दुक फेला पारी बरामद गरेको हो।
गोरखाको पालुङ्टार नगरपालिका-५ चिनियाखर्कबाट एक थान एकनाले भरूवा बन्दुक प्रहरीले बरामद गरेको छ । अस्थाइ प्रहरी पोष्ट च्याङ्लीबाट खटिएको प्रहरीले मधुवन सामुदायिक वनमा उक्त बन्दुक बेवारिसे अवस्थामा फेला पारी बरामद गरेको हो।
" /> काठमाडौं। सप्तरीको शम्भुनाथ नगरपालिका-२ भलुवाहीबाट एक थान एकनाले भरूवा बन्दुकसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।पक्राउ पर्नेहरूमा २५ वर्षीय रामपुकार माझी र २२ वर्षीय रामस्वरुप मण्डल रहेका छन् । इलाका प्रहरी कार्यालय रूपनीबाट खटिएको प्रहरीले उक्त बन्दुकसहित फेला पारी उनीहरूलाई पक्राउ गरेको हो।

">