मकवानपुर। गएराति मकवानपुरको भीमफेदी गाउँपालिकाको गोलमोडमा हिउँमा चिप्लिएर टाटासुमो दुर्घटना हुँदा एक जनाको मृत्यु हुनाका साथै नौ जना घाइते भएका छन्। घाइतेमध्ये चार जनाको अवस्था गम्भीर रहेको प्रहरीले जानकारी दिएको छ।
काठमाडौंबाट पालुङ हुँदै वीरगञ्जतर्फ गइरहेको ना १ ज ४१३८ नम्बरको टाटासुमो गोलमोडबाट हिउँमा चिप्लिएर खसेको हो। दुर्घटनामा घाइते भएका सप्तरी जिल्ला, बनौली गाउँपालिका-२ का ३३ वर्षीय प्रमाण्डु चौधरीको गएराति हेटौंडामा उपचारका क्रममा मृत्यु भएको हो।
गम्भीर घाइते हुनेमा वीरगञ्ज-१३ का ३० वर्षीय मनोज साह, उनकी पत्नी २६ वर्षीया पुनमकुमारी गुप्ता, बारा गढीमाई-१० का ३२ वर्षीय प्रदीपकुमार साह र सर्लाही अभिलाशी-७ का ३२ वर्षीय मधुकर यादव छन्। उनीहरूको हेटौंडाको चुरेहिल अस्पतालमा उपचार भइरहेको तथा सामान्य घाइते भएका घर गइसकेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले जानकारी दिए।
यही माघ १० गतेदेखि हेटौंडा-काठमाडौं चल्ने छोटो मार्ग भीमफेदी-कुलेखानी स्तरोन्नति भइरहेकाले बन्द रहेका कारण सवारीसाधन त्रिभुवन राजपथ भएर सञ्चालन भइरहेका छन्। रासस
" /> मकवानपुर। गएराति मकवानपुरको भीमफेदी गाउँपालिकाको गोलमोडमा हिउँमा चिप्लिएर टाटासुमो दुर्घटना हुँदा एक जनाको मृत्यु हुनाका साथै नौ जना घाइते भएका छन्। घाइतेमध्ये चार जनाको अवस्था गम्भीर रहेको प्रहरीले जानकारी दिएको छ।काठमाडौंबाट पालुङ हुँदै वीरगञ्जतर्फ गइरहेको ना १ ज ४१३८ नम्बरको टाटासुमो गोलमोडबाट हिउँमा चिप्लिएर खसेको हो। दुर्घटनामा घाइते भएका सप्तरी जिल्ला, बनौली गाउँपालिका-२ का ३३ वर्षीय प्रमाण्डु चौधरीको गएराति हेटौंडामा उपचारका क्रममा मृत्यु भएको हो।

">