मनिला। फिलिपिन्सको दक्षिणी भागमा पर्ने दाभाओ डेल सुर प्रान्तमा आइतबार ६.३ म्याग्निच्युडको भूकम्प गएको फिलिपिन्सको भूगर्भ विभागले जानकारी दिएको छ।
स्थानीय समयानुसार आइतबार दिउँसो १२:२२ बजे उक्त भूकम्प गएको बताइएको छ। माग्सेसे सहरबाट ६ किलोमिटर दक्षिण-पश्चिममा १५ किलोमिटरको गहिराइमा उक्त भूकम्पको केन्द्रविन्दु रहेको बताइएको छ।
यस भूकम्पको कम्पन कोटाबाटो प्रान्तको कादापावान सहर र कोरोनादाल सहरमा पनि कम्पनको महसुस गरिएको समाचारमा जनाइएको छ। यस भूकम्पबाट मानवीय र भौतिक क्षतिको हालसम्म कुनै समाचार प्राप्त भएको छैन।
फिलिपिन्समा भूकम्पको प्रकोपले बारम्बार सताएको पाइन्छ। रासस/सिन्ह्वा
" /> मनिला। फिलिपिन्सको दक्षिणी भागमा पर्ने दाभाओ डेल सुर प्रान्तमा आइतबार ६.३ म्याग्निच्युडको भूकम्प गएको फिलिपिन्सको भूगर्भ विभागले जानकारी दिएको छ।स्थानीय समयानुसार आइतबार दिउँसो १२:२२ बजे उक्त भूकम्प गएको बताइएको छ। माग्सेसे सहरबाट ६ किलोमिटर दक्षिण-पश्चिममा १५ किलोमिटरको गहिराइमा उक्त भूकम्पको केन्द्रविन्दु रहेको बताइएको छ।

">