ट्रकको ठक्करबाट मोरङमा स्कुटर चालकको मृत्यु

मोरङ। मोरङको सुन्दरहरैचा नगरपालिका–७ सलकपुरमा ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सोही नगरपालिका–१० बस्ने ३५ वर्षीय अजय लिम्बू रहेका छन ।

पूर्वबाट पश्चिम तर्फ जादै गरेको प्रदेश २–०३–००१ ख १९७६ नम्बरको मिनि ट्रकले पश्चिमबाट दक्षिणतर्फ बाटो क्रस गर्दै गरेको प्रदेश १–०२–०४० प ७४६९ नम्बरको स्कुटरलाई ठक्कर दिदा उनी घाईते भएका थिए ।

घाइते भएका उनको उपचारको क्रममा न्युरो अस्पतालमा मृत्यु भएको हो । ट्रकसहित चालकलाई इलाका प्रहरी कार्यालय बिराटचोकले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस्