काठमाडौं। प्रतिनिधिसभा विघटनविरुद्ध घोषित आन्दोलनका कार्यक्रमअन्तर्गत नेपाली कांग्रेसको शुभेच्छुक संगठनहरूले आज देशभर प्रदर्शन गरेका छन् ।
प्रतिनिधिसभा विघटन र विधि उल्लङ्घनविरूद्ध ती संगठनहरूले प्रदर्शन गरेका हुन्। प्रवक्ता विश्वप्रकाश शर्माले अझ व्यापकताका लागि आन्दोलनका कार्यक्रमहरूमा सहभागिताका लागि अपिल गरेका छन्।
“प्रतिनिधि सभा विघटन, त्यसविरुद्ध आन्दोलन एवं आन्दोलनको शैली र संवैधानिक निकायमा गराइएको शपथ ग्रहण यी ३ वटा प्रश्नमा थप गम्भीरता र एकता राख्दै आन्दोलनका कार्यक्रमहरूमा अझ व्यापकताका लागि नेपाली कांग्रेस सबैलाई अपील गर्दछ”, प्रवक्ता शर्माले भनेका छन्।
पुस ५ मा सरकारले प्रतिनिधि सभा विघटन गरेपछि कांग्रेस आन्दोलित छ। पुस १३, पुस २५, माघ ३, माघ ८ र माघ १९ गते कांग्रेसले विभिन्न तहमा पार्टी र भ्रातृ संस्थाहरूबाट प्रदर्शन गरेको छ।
अब, फागुन ३ गते पार्टीको ७७ वटै जिल्ला कार्य समितिहरूले प्रदर्शन गर्ने कार्यक्रम रहेको छ । प्रतिनिधिसभा विघटनलाई कांग्रेसले असंवैधानिक, अलोकतान्त्रिक र सर्वसत्तावाद उन्मुख कदम ठहर गरेको छ।