चितवन। वन र राजमार्ग क्षेत्रमा प्राकृतिक कारण तथा दुर्घटनामा परेर गत साउन यता २२ वन्यजन्तु मरेका छन्। यसै अवधिमा १८ जनावरलाई उद्धार गरिएको छ।
डिभिजन वन कार्यालयका सूचना अधिकारी बालकृष्ण खनालका अनुसार एउटा पाटे बाघ, तीन बँदेल र बाँकी चित्तल मरेका हुन्। वास्तविक तथ्याङ्‍क नराखिए पनि ४० प्रतिशत हाराहारी टिकौलीस्थित पूर्व-पश्चिम राजमार्गमा सवारीको ठक्करबाट मारिएका हुन्। उमेर पुगेर, बाघको आक्रमणबाट, एकापसमा जुधेर पनि मरेका उनले जानकारी दिए।
यसै अवधिमा विभिन्‍न ठाउँबाट १८ जनावरलाई उद्धार गरिएको छ। चित्तल, बँदेल, रतुवा, मृग, अजिङ्‍गर, जरायो, मलछाप्रोजस्ता जनावरलाई उद्धार गरिएको हो। लडेर घाइते भएका, जुधेर घाइते भएका, पासोमा परेका जनावरलाई उद्धार गरिएको उहाँले बताउनुभयो। घाइते जनावरलाई पशु चिकित्सक डाकेर उपचारसमेत गरिएको छ। सामान्य घाइतेलाई निगरानीमा राखेर उपचारपछि बथानमा छाड्ने गरिएको छ।
गत आर्थिक वर्षमा यसै क्षेत्रमा ३१ वन्यजन्तु मरेका थिए। सोमध्ये एउटा गैँडा र एउटा पाटेबाघ पनि रहेका थिए। त्यसै अवधिमा १६ जनावरलाई उद्धार गरिएको थियो। बरन्डाभार क्षेत्रमा दुवैपट्टि वन र बीचमा राजमार्ग रहेको छ। जनावर आवतजावत गर्दा दुर्घटना हुने गर्दछ।
जिल्लामा चार सय ३१ वटा कबुलियती वन, ९३ सामुदायिक वन, एउटा बरन्डाभार संरक्षण वन र पाँच धार्मिक वन रहेका छन्। टिकौलीपछि धेरै सवारी साधन आवतजावत हुने वन क्षेत्र नारायणगढ-मुग्लिन सडकखण्डको रामनगर क्षेत्र हो। सो क्षेत्रमा वन्यजन्तु आवतजावत गर्न सडकमुनि पुलको व्यवस्था गरिएको छ। गत वर्षहरुमा सो सडकमा वन्यजन्तु मरेका भए पनि यस वर्ष कुनै दुर्घटना नभएको खनालको भनाइ छ। टिकौलीमा बिग्रिएका सीसी क्यामेरा मर्मत गर्न सकिएमा दुर्घटनामा कमी आउने उनले जानकारी दिए।
यसअघि दाताले क्यामेरा जडान गरिदिएको भए पनि मर्मतसम्भार हुन नसक्दा थन्किएका छन्। सिसी क्यामेरा हुँदा दुर्लभ वन्यजन्तुको सुरक्षासँगै आपराधिक गतिविधि रोक्नसमेत सहयोग पुगेको थियो। जिल्लाका राष्ट्रिय वनअन्तर्गतका क्षेत्रमा चितवन राष्ट्रिय निकुञ्जमा पाइने अधिकांश जनावार रहेका छन्। टिकौलीमा वन क्षेत्र पार गर्दा समय काड लागू गरेमा दुर्घटनामा कमी आउने खनाल बताउँछन्। रासस
" /> चितवन। वन र राजमार्ग क्षेत्रमा प्राकृतिक कारण तथा दुर्घटनामा परेर गत साउन यता २२ वन्यजन्तु मरेका छन्। यसै अवधिमा १८ जनावरलाई उद्धार गरिएको छ।
डिभिजन वन कार्यालयका सूचना अधिकारी बालकृष्ण खनालका अनुसार एउटा पाटे बाघ, तीन बँदेल र बाँकी चित्तल मरेका हुन्। वास्तविक तथ्याङ्‍क नराखिए पनि ४० प्रतिशत हाराहारी टिकौलीस्थित पूर्व-पश्चिम राजमार्गमा सवारीको ठक्करबाट मारिएका हुन्। उमेर पुगेर, बाघको आक्रमणबाट, एकापसमा जुधेर पनि मरेका उनले जानकारी दिए।
यसै अवधिमा विभिन्‍न ठाउँबाट १८ जनावरलाई उद्धार गरिएको छ। चित्तल, बँदेल, रतुवा, मृग, अजिङ्‍गर, जरायो, मलछाप्रोजस्ता जनावरलाई उद्धार गरिएको हो। लडेर घाइते भएका, जुधेर घाइते भएका, पासोमा परेका जनावरलाई उद्धार गरिएको उहाँले बताउनुभयो। घाइते जनावरलाई पशु चिकित्सक डाकेर उपचारसमेत गरिएको छ। सामान्य घाइतेलाई निगरानीमा राखेर उपचारपछि बथानमा छाड्ने गरिएको छ।
गत आर्थिक वर्षमा यसै क्षेत्रमा ३१ वन्यजन्तु मरेका थिए। सोमध्ये एउटा गैँडा र एउटा पाटेबाघ पनि रहेका थिए। त्यसै अवधिमा १६ जनावरलाई उद्धार गरिएको थियो। बरन्डाभार क्षेत्रमा दुवैपट्टि वन र बीचमा राजमार्ग रहेको छ। जनावर आवतजावत गर्दा दुर्घटना हुने गर्दछ।
जिल्लामा चार सय ३१ वटा कबुलियती वन, ९३ सामुदायिक वन, एउटा बरन्डाभार संरक्षण वन र पाँच धार्मिक वन रहेका छन्। टिकौलीपछि धेरै सवारी साधन आवतजावत हुने वन क्षेत्र नारायणगढ-मुग्लिन सडकखण्डको रामनगर क्षेत्र हो। सो क्षेत्रमा वन्यजन्तु आवतजावत गर्न सडकमुनि पुलको व्यवस्था गरिएको छ। गत वर्षहरुमा सो सडकमा वन्यजन्तु मरेका भए पनि यस वर्ष कुनै दुर्घटना नभएको खनालको भनाइ छ। टिकौलीमा बिग्रिएका सीसी क्यामेरा मर्मत गर्न सकिएमा दुर्घटनामा कमी आउने उनले जानकारी दिए।
यसअघि दाताले क्यामेरा जडान गरिदिएको भए पनि मर्मतसम्भार हुन नसक्दा थन्किएका छन्। सिसी क्यामेरा हुँदा दुर्लभ वन्यजन्तुको सुरक्षासँगै आपराधिक गतिविधि रोक्नसमेत सहयोग पुगेको थियो। जिल्लाका राष्ट्रिय वनअन्तर्गतका क्षेत्रमा चितवन राष्ट्रिय निकुञ्जमा पाइने अधिकांश जनावार रहेका छन्। टिकौलीमा वन क्षेत्र पार गर्दा समय काड लागू गरेमा दुर्घटनामा कमी आउने खनाल बताउँछन्। रासस
प्रतिक्रिया दिनुहोस्