टीकापुर। कैलालीको टीकापुर नगरपालिकाले विभेद अन्त्य भान्साबाटै सुरु गर्नुपर्ने भन्दै दम्पती परिचालन गर्न थालेको छ। नगरपालिकाले घरायसी काम अर्थात् भान्सामा पुरुष सहभागिता बढाउन दम्पतीलाई अघि सार्न थालेको हो।
नगरपालिकाले घरायसी कामको बोझ बढी भएका कारण महिलाको प्रगतिमा प्रभाव परेको र पोषण अवस्था कमजोर भएको भन्दै गएको दुई वर्षयता एक सय २३ लाई लैड्गिक समता र समावेशीकर्ता (जेसी च्याम्पियन) तालिम दिएको छ। तालिम लिएकाले ‘च्याम्पियन’को योग्यता हासिल गरेका छ। यसरी च्याम्पियन बनेका अधिकांश दम्पती छन् भने केही शिक्षकसमेत रहेका छन्।
नगरपालिकाले व्यवहार आफ्नै जीवन र घरबाट सुरु गर्नुपर्छ भनी दम्पतीलाई नै लैड्गिक समताबारे जानकारी दिएको हो। तालिमपछि उनीहरुको जीवनमा धेरै परिवर्तन आएको छ। तालिमपछि च्याम्पियन हजार दिनका आमा र बच्चाको पोषण सुधारका लागि थप जिम्मेवार भइरहेका छन्।
टीकापुरकी सुष्मा विकको घरमा घरका सबैले खाना खाइसकेपछि मात्र बुहारीले खाना खानुपर्छ भन्ने मान्यता थियो। सुष्माले परिवारका सबै सदस्यले खाना खाइसकेपछि खाना खान्थिन्।
समुदायमा रहेका ‘जेसी च्याम्पियन’ले सुष्माका घरमा छलफल गरेपछि हाल उनले सबैभन्दा पहिले खाना खान पाएकी छिन्। छ महिनाकी सुत्केरी सुष्मालाई अन्य नागरिकलाई भन्दा बढी पोषण चाहिने कुरा परिवारले बुझेपछि सुष्मालाई पर्याप्त आराम गर्ने समय पनि पाइएको छ। “सबैले खाना खाइसकेपछि खान्थें, कहिलेकाहीँ खाना पुग्दैनथ्यो, फेरि पकाएर खान सकिँदैनथ्यो, कहिलेकाहीँ दिनभरि भोकै पनि हुन्थें,” सुष्माले भनिन्, “आजभोलि श्रीमान् र सासूआमाले मलाई सुरुमा खाना खुवाउनुहुन्छ, अहिले थपेर खान पाइन्छ, अन्य काममा पनि आजभोलि घरका पुरुष पनि काममा सघाउने गर्छन्।”
टीकापुरको ब्लक नं ३० की चन्द्रा रेग्मीका श्रीमान् पहिले घरमा केही काम गर्थेनन्। अचेल घरको सबै काममा सघाउँछन्। घरको काम सबै महिलाको हो भन्ने बुझेका श्रीमानलाई आफूले सिकेका कुरा सिकाउँदा आफ्नो पारिवारिक माहोल पहिलेको तुलनामा बदलिएको रेग्मी बताउँछिन्। “पहिला सबै काम मैले गर्नुपर्थ्यो, तालिमपछि मैले उहाँलाई सिकेको कुरा बुझाएँ, हाल सकेको काम गर्नुहुन्छ,” रेग्मीले भनिन्, “बच्चाको स्याहार, भान्साको काममा सघाउने गरेका छ, श्रीमानको सहयोगपछि मेरो आधा काम घटेको छ।”
टीकापुर-५ वसन्ताकी उषा चौधरीले पनि लैड्गिक समता र समावेशीकर्ता तालिमपछि महिलाको हक, अधिकार र महिला तथा बच्चाको पोषण सुधारमा अभियन्ताका रुपमा काम गरिरहेकी छिन्। उषा पनि लैड्गिक भेदभाव घर तथा भान्साबाटै हटाउनुपर्छ भन्ने कुरा परिवारलाई बुझाउन सकेको बताउँछिन्। “हामी भेदभावका कुरा गर्छौं, भेदभाव हाम्रो भान्साबाटै सुरु हुन्छ,” उषाले भनिन्, “मैले मेरो परिवारलाई यो कुरा बुझाउन सकेकी छु, भान्साबाटै भेदभाव अन्त्य गर्ने कुरामा परिवारले बुझेको छ, अब समुदायलाई पनि बुझाउने अभियानमा छु।”
टीकापुर-७ का भिखुलाल चौधरी शिक्षक हुन्। उनले पनि खाना पकाउने, भाडा, कपडा धुनेजस्ता सबै काम गर्न थालेका छन्। भिखुलालले विद्यालयको कक्षामा, सामाजिक भेला, बैठकजस्ता ठाउँमा लैड्गिक समानताका कुरा गर्न थालेका छन्।
स्वयंसेविका चन्द्रावती शर्माले सबैभन्दा बढी विभेद भान्सामा हुने गरेकाले भान्साबाटै विभेद अन्त्य आवश्यक रहेको बताइन्। “सबैले खाइसकेपछि बुहारीले खाना खाने चलन छ, अन्त्यमा खाने मानिस बचे पो खान्छ, अनि कसरी पोषण सुधार हुन्छ?,” स्वयंसेविका शर्माले भनिन्, “संयुक्त परिवारमा आफ्नो बच्चालाई अलि बढी दिने, अलि मीठो खुवाउने, अर्काको बच्चाको खानपानमा ध्यान नदिने गरिन्छ, अनि बच्चा पनि कुपोषित हुन्छ, त्यसैले अभिभावक सचेत बन्न जरुरी छ।”
नगरपालिकाले पोषणमैत्री वडा र स्वास्थ्यचौकी घोषणाका लागि हरेक घरमा अनिवार्य करेसाबारीको नीति अघि सारेको छ। साथै गर्भवस्थादेखि नै पोषणमा ध्यान दिनुपर्ने भएकाले गर्भवतीलाई पोषणसँग जोड्ने कार्यक्रम लागू गर्ने तयारी गरेको जनस्वास्थ्य प्रवर्द्धन उपशाखा संयोजक बलबहादुर रावलले जानकारी दिए। रासस
" /> टीकापुर। कैलालीको टीकापुर नगरपालिकाले विभेद अन्त्य भान्साबाटै सुरु गर्नुपर्ने भन्दै दम्पती परिचालन गर्न थालेको छ। नगरपालिकाले घरायसी काम अर्थात् भान्सामा पुरुष सहभागिता बढाउन दम्पतीलाई अघि सार्न थालेको हो।नगरपालिकाले घरायसी कामको बोझ बढी भएका कारण महिलाको प्रगतिमा प्रभाव परेको र पोषण अवस्था कमजोर भएको भन्दै गएको दुई वर्षयता एक सय २३ लाई लैड्गिक समता र समावेशीकर्ता (जेसी च्याम्पियन) तालिम दिएको छ। तालिम लिएकाले ‘च्याम्पियन’को योग्यता हासिल गरेका छ। यसरी च्याम्पियन बनेका अधिकांश दम्पती छन् भने केही शिक्षकसमेत रहेका छन्।

">