झापा। सवारी साधनको चाप र चालकले मादक पदार्थ सेवन (मापसे) गरेर सवारी चलाएका कारण झापामा सडक दुर्घटना बढ्न थालेको छ।
जिल्लामा तीन हप्तामा भएका सवारी दुर्घटनामा परी १२ जनाले ज्यान गुमाएका छन्। सडकको स्तरोन्नति नहुनु पनि दुर्घटनाको कारक मानिएको छ। जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता राकेश थापाले यही माघ १ देखि २१ गतेसम्मको अवधिमा भएका ६४ वटा दुर्घटनामा १२ जनाले ज्यान गुमाएको र १५० घाइते भएको उनले जानकारी दिए।
मापसे गरेर सवारी कुदाउनेमा ट्रिपरदेखि एम्बुलेन्सका चालकसमेत रहेको थापाले बताए। प्रत्येक दुई दिनको अन्तरालमा दुर्घटनामा परेर एकजनाले ज्यान गुमाइरहेको उनको भनाइ छ।
“सडकको स्तरोन्नति भएको छैन,” उनले भने, “यात्रुको चाप तेब्बर बढेको छ। त्यहीँमाथि चालकले मापसे गरेर ओभरटेक गर्दै गाडी कुदाउँछन्। अनि दुर्घटना घट्नुको सट्टा बढ्यो।”
अन्य महिनाको तुलनामा चालू महिनामा दुर्घटना बढ्नुमा चिसो र बाक्लो हुस्सुसमेत कारक रहेको जनाइएको छ।
उनले मापसे गरेर सवारी चलाउने चालकलाई विगतमा जरिवाना गरेर छाड्ने गरे पनि अब कडा कारवाही गर्न शुरु गरेको बताउनुभयो । उहाँले मादक पदार्थ सेवन गरेर सवारी चलाउने चारजनालाई सार्वजनिक मुद्दा दर्ता गरेर कारवाही शुरु गरिसकेको जानकारी दिए।
सडकका चोकचोकमा बसेका ट्राफिक प्रहरीले सवारीको गति कम गर्न, रातको समयमा सवारीमा बाल्ने बत्तीलाई डिम गर्न र मापसे जाँचलाई बढी प्राथमिकतामा राखेर काम गरिरहेको उनको भनाइ छ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका सहायक प्रहरी निरीक्षक यामकुमार खड्काले अघिल्लो पुसमा महिनामा समेत एक सय ६४ वटा सवारी दुर्घटना हुँदा १५ जनाको मृत्यु बताए। उनले दुर्घटना कम गराउन ट्रयाक्टरमा समेत हरियो स्टिकर टाँस्ने, भारतीय नम्बरप्लेटका मोटरसाइकल नियन्त्रणमा लिने र अनटेस्ट लेखिएका मोटरसाइकललाई चलाउन नदिने लगायतको जाँचलाई तीव्रता दिइएको बताए।
रासस
" /> झापा। सवारी साधनको चाप र चालकले मादक पदार्थ सेवन (मापसे) गरेर सवारी चलाएका कारण झापामा सडक दुर्घटना बढ्न थालेको छ।जिल्लामा तीन हप्तामा भएका सवारी दुर्घटनामा परी १२ जनाले ज्यान गुमाएका छन्। सडकको स्तरोन्नति नहुनु पनि दुर्घटनाको कारक मानिएको छ। जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता राकेश थापाले यही माघ १ देखि २१ गतेसम्मको अवधिमा भएका ६४ वटा दुर्घटनामा १२ जनाले ज्यान गुमाएको र १५० घाइते भएको उनले जानकारी दिए।

">