विश्केक। किर्गिस्तानले बुधबार नयाँ प्रधानमन्त्री पाएको छ। किर्गिस्तानको संसद्ले उलुक्बेक मरिपोभको उम्मेदवारीलाई बुधबार पारित गरेकाले उनी प्रधानमन्त्रीमा निर्वाचित भएका हुन्।

संसद्ले सरकारको नयाँ संरचना र कार्यक्रमहरूलाई समेत पारित गरेको अधिकारीहरूले जानकारी दिएका छन्।

संसद् बैठकमा बोल्दै नवनिर्वाचित प्रधानमन्त्री ४१ वर्षीय मरिपोभले नयाँ संरचना र कार्यक्रमहरूले सामाजिक तथा आर्थिक समस्याहरूको समाधान गर्ने विश्वास व्यक्त गरे।

संसद्ले पारित गरेको नयाँ संरचनामा मन्त्रिपरिषद्को सङ्ख्या घटाइएको छ भने उपप्रधानमन्त्रीको सङ्ख्या एक मात्रै गरिएको छ। त्यसै गरी मन्त्रीहरूको सङ्ख्या पनि १६ मा झारिएको छ। यसअघि मन्त्रीहरूको सङ्ख्या २२ रहेको थियो।

केही मन्त्रालयहरू गाभेर वा आधा आधा बाँडेर नयाँ मन्त्रालय बनाएको छ भने केही मन्त्रालयमा सामान्य परिवर्तन गरिएको छ।

नवनिर्वाचित प्रधानमन्त्री मरिपोभ यसअघि एकाउन्टिङ चेम्बरको अध्यक्षको रूपमा कार्यरत थिए। एकाउन्टिङ चेम्बर किर्गिस्तानको लेखापरीक्षणसम्बन्धी राज्यको निकाय हो।

त्योभन्दा अगाडि उनी राष्ट्रपति कार्यालयको उपप्रमुख थिए। यही जनवरी २१ मा तत्कालीन प्रधानमन्त्री साडीर झापारोभले राजीनामा दिएपछि किर्गिस्तानमा नयाँ प्रधानमन्त्री चयन गर्नुपरेको हो। झापारोभ यही जनवरी १० मा मुलुकको राष्ट्रपतिमा निर्वाचित भएकाले उनले राजीनामा दिएका हुन्।

रासस/सिन्ह्वा

" /> विश्केक। किर्गिस्तानले बुधबार नयाँ प्रधानमन्त्री पाएको छ। किर्गिस्तानको संसद्ले उलुक्बेक मरिपोभको उम्मेदवारीलाई बुधबार पारित गरेकाले उनी प्रधानमन्त्रीमा निर्वाचित भएका हुन्।

संसद्ले सरकारको नयाँ संरचना र कार्यक्रमहरूलाई समेत पारित गरेको अधिकारीहरूले जानकारी दिएका छन्।

संसद् बैठकमा बोल्दै नवनिर्वाचित प्रधानमन्त्री ४१ वर्षीय मरिपोभले नयाँ संरचना र कार्यक्रमहरूले सामाजिक तथा आर्थिक समस्याहरूको समाधान गर्ने विश्वास व्यक्त गरे।

संसद्ले पारित गरेको नयाँ संरचनामा मन्त्रिपरिषद्को सङ्ख्या घटाइएको छ भने उपप्रधानमन्त्रीको सङ्ख्या एक मात्रै गरिएको छ। त्यसै गरी मन्त्रीहरूको सङ्ख्या पनि १६ मा झारिएको छ। यसअघि मन्त्रीहरूको सङ्ख्या २२ रहेको थियो।

केही मन्त्रालयहरू गाभेर वा आधा आधा बाँडेर नयाँ मन्त्रालय बनाएको छ भने केही मन्त्रालयमा सामान्य परिवर्तन गरिएको छ।

नवनिर्वाचित प्रधानमन्त्री मरिपोभ यसअघि एकाउन्टिङ चेम्बरको अध्यक्षको रूपमा कार्यरत थिए। एकाउन्टिङ चेम्बर किर्गिस्तानको लेखापरीक्षणसम्बन्धी राज्यको निकाय हो।

त्योभन्दा अगाडि उनी राष्ट्रपति कार्यालयको उपप्रमुख थिए। यही जनवरी २१ मा तत्कालीन प्रधानमन्त्री साडीर झापारोभले राजीनामा दिएपछि किर्गिस्तानमा नयाँ प्रधानमन्त्री चयन गर्नुपरेको हो। झापारोभ यही जनवरी १० मा मुलुकको राष्ट्रपतिमा निर्वाचित भएकाले उनले राजीनामा दिएका हुन्।

रासस/सिन्ह्वा

"> किर्गिस्तानमा नयाँ प्रधानमन्त्री निर्वाचित: Dekhapadhi
किर्गिस्तानमा नयाँ प्रधानमन्त्री निर्वाचित
विश्केक। किर्गिस्तानले बुधबार नयाँ प्रधानमन्त्री पाएको छ। किर्गिस्तानको संसद्ले उलुक्बेक मरिपोभको उम्मेदवारीलाई बुधबार पारित गरेकाले उनी प्रधानमन्त्रीमा निर्वाचित भएका हुन्।

संसद्ले सरकारको नयाँ संरचना र कार्यक्रमहरूलाई समेत पारित गरेको अधिकारीहरूले जानकारी दिएका छन्।

संसद् बैठकमा बोल्दै नवनिर्वाचित प्रधानमन्त्री ४१ वर्षीय मरिपोभले नयाँ संरचना र कार्यक्रमहरूले सामाजिक तथा आर्थिक समस्याहरूको समाधान गर्ने विश्वास व्यक्त गरे।

संसद्ले पारित गरेको नयाँ संरचनामा मन्त्रिपरिषद्को सङ्ख्या घटाइएको छ भने उपप्रधानमन्त्रीको सङ्ख्या एक मात्रै गरिएको छ। त्यसै गरी मन्त्रीहरूको सङ्ख्या पनि १६ मा झारिएको छ। यसअघि मन्त्रीहरूको सङ्ख्या २२ रहेको थियो।

केही मन्त्रालयहरू गाभेर वा आधा आधा बाँडेर नयाँ मन्त्रालय बनाएको छ भने केही मन्त्रालयमा सामान्य परिवर्तन गरिएको छ।

नवनिर्वाचित प्रधानमन्त्री मरिपोभ यसअघि एकाउन्टिङ चेम्बरको अध्यक्षको रूपमा कार्यरत थिए। एकाउन्टिङ चेम्बर किर्गिस्तानको लेखापरीक्षणसम्बन्धी राज्यको निकाय हो।

त्योभन्दा अगाडि उनी राष्ट्रपति कार्यालयको उपप्रमुख थिए। यही जनवरी २१ मा तत्कालीन प्रधानमन्त्री साडीर झापारोभले राजीनामा दिएपछि किर्गिस्तानमा नयाँ प्रधानमन्त्री चयन गर्नुपरेको हो। झापारोभ यही जनवरी १० मा मुलुकको राष्ट्रपतिमा निर्वाचित भएकाले उनले राजीनामा दिएका हुन्।

रासस/सिन्ह्वा

प्रतिक्रिया दिनुहोस्