काठमाडौं। बुधबार भारतीय मिडियामा एकाएक किसानका आन्दोलनले चर्चा पायो। एक महिना अघिदेखि चलेको किसानको आन्दोलनलाई यसअघि भारतीय मिडियाले खासै महत्त्व दिएका थिएनन्।
यो चर्चासँगै जोडिएको नाम हो– रिहान्ना। उनी गायिका, नायिका र व्यवसायी महिलाका रूपमा परिचित छिन्।
३२ वर्ष अघि बारबाडसमा जन्मेकी रिहान्नाले मंगलबार भारतमा चलिरहेको किसान आन्दोलनबारे सीएनएनले आफ्नो अनलाइन संस्करण प्रकाशित गरेको समाचार शेयर गर्दै ट्वीट गरेकी थिइन्।
रिहान्नाले ट्वीटरमा लेखेकी थिइन्, “हामी यस (किसान आन्दोलन) बारेमा कुराकानी किन गरिरहेका छैनौं?” त्यसपछि कुराकानी तात्यो, सामाजिक सञ्जालदेखि भारतीय मिडियासम्म।
रिहान्नाको ट्वीटले भारतभित्र यति गर्मी बढायो कि त्यसको रापको महशुस खेलाडीदेखि सेलिब्रेटीसम्मले गरे। अन्ततः भारतको विदेश मन्त्रालय विज्ञप्ति निकाल्न बाध्य भयो।
“यस्ता विषयवस्तुमा टिप्पणी गर्नुअघि तथ्य पत्ता लगाउन हामी आग्रह गर्दछौं। ताकि मुद्दाका विषयमा आफूलाई राम्रो जानकारी होस्। सनसनीपूर्ण सामाजिक सञ्जाल ह्यासट्याग र टिप्पणीको प्रलोभनमा विशेष गरी सेलिब्रेटी तथा अन्यले जब टिप्पणी गर्छन्, न त सत्य हुन्छ, न उत्तरदायी नै,” भारतको विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ।
तीन लाख पनि जनसङ्ख्या नभएको बारबाडसमा जन्मेकी रिहान्नाको एक ट्वीटले एक अर्ब ३६ करोडभन्दा बढी जनसङ्ख्या भएको भारतलाई हल्लाइदियो। को हुन् त यी रिहान्ना?
रिहान्ना सन् १९९८ फेब्रुअरी २० मा बारबाडर आइल्याण्डमा जन्मेकी थिइन्। उनको वास्तविक नाम हो– रोब्याना रिहान्ना फेन्टी। उनी १४ वर्षको हुँदा उनका अभिभावक अलग भएका थिए। साधारण परिवारमा जन्मेकी रिहान्नालाई बाबु-आमाबीचको सम्बन्धविच्छेदले लामो समयसम्म असर गर्यो।
१५ वर्षको हुँदा रिहान्ना प्रोड्युसर इवान रोजर्सको अडिसनमा सहभागी हुन पुगेकी थिइन्। यही नै उनको जिवनको टर्निङ पोइन्ट बन्यो। त्यसपछि उनी पपस्टारको रूपमा विश्वमा छाइन्।
रोजर्ससँग उनले चारवटा गीतको सुटिङ गरिन्। उनी रातारात स्टार बनिन्। गायन यात्रालाई लिएर जब उनले बारबाडस छोडिन्, त्यसपछि उनले फर्केर पछि हेर्नु परेको छैन।
संसारमा उनले कति ख्याति कमाएकी छन् भन्ने उनको ट्वीटरले देखाउँछ। उनको ट्वीटरमा १० करोड १० लाखभन्दा बढी फलोअर्स रहेका छन्।
उनले मंगलबार भारतको किसान आन्दोलनका विषयमा जुन ट्वीट गरिन्, त्यो १८ घण्टाभित्र दुई लाख ४० हजारभन्दा बढीले रिट्वीट गरेका छन्, पाँच लाख २८ हजारभन्दा बढी लाइक पाएको छ र करिब ८३ हजारले कमेन्ट (प्रतिक्रिया) गरेका छन्।
ट्वीटरमा सबैभन्दा बढी फलोअर्स हुनेमा रिहान्नाको नाम विश्वमै चौथो नम्बरमा आउँछ। उनले ‘अम्ब्रेला’, ‘डन्ट स्टप द म्युजिक’ र ‘लभ द वे यु लाई’जस्ता चर्चित गीतमा उनले स्वर दिएकी छन्।
रिहान्नाका फेसबुकमा ९ करोड ४१ लाख ८९ हजार १५३ जना फलोअर्स रहेका छन्।
रिहान्नाले हलिउड फिल्म ‘ब्याटलशिप’, ‘ओसन्स ८’जस्ता फिल्ममा अभिनय गरिसकेकी छन्। उनको स्वामित्वमा फेन्टीको नाममा फेसन ब्राण्ड रहेको छ।
सन् २०१९ मा फोब्र्स म्यागेजिनले रिहान्नालाई संसारको सबैभन्दा धनी संगीतकर्मी उल्लेख गरेको थियो। फोर्ब्सका अनुसार रिहान्नाको कूल सम्पत्ति ६० करोड अमेरिकी डलर (करिब ७० अर्ब रूपैयाँ) रहेको छ।
म्याडोना, बब मार्ली र जेनेट ज्याक्सनका गीत सुन्दै हुर्केकी रिहान्नाले पहिलो एल्बम सन् २००५ मा ल्याएकी थिइन्। उनको पहिलो एल्बम थियो, ‘म्युजिक अफ द सन’। उनले २००६ मा ‘अ गर्ल लाइक मी’ एल्बम ल्याएकी थिइन्। यी दुवै एल्बम बिलबोर्ड २०० चार्टको टप टेनमा परेका थिए।
सन् २००७ मा ल्याएको ‘गुड गर्ल गन ब्याड’ले उनलाई संसार माफ चिनाएको थियो। उनले ‘अम्ब्रेला’ शिर्षकको गीतबाट पहिलो ग्रामी अवार्ड जितेकी थिइन्।
अम्ब्रेला लगातार ११ सातासम्म युके सिङ्गल चार्टमा रहेको थियो। सन् २००९ मा ‘रसियन रोल’का कारण उनी २००० को दशकका १०० हट महिला आर्टिस्टको दोस्रो नम्बरमा परिन्।
दश वर्षको अवधिमा रिहानाले ८ वटा ग्रामी अवार्ड जितेकी थिइन्। उनले १४ वटा बिलबोर्ड अवार्ड जितेकी छिन्। रिहान्नाका १४ वटा गीत बिलबोर्ड हट १०० लिस्टमा सबैभन्दा तीव्र गतिमा अघि बढ्ने रेकर्ड कायम गरेका थिए।
संसारभर रिहानाका ५ करोड ४० लाख एल्बम बिक्री भइसकेका छन्। रिहान्ना यस्ती कलाकार हुन्, जसले लण्डनको ओटु एरीनामा १० पटक कन्सर्ट दिइसकेकी छन्।
" /> काठमाडौं। बुधबार भारतीय मिडियामा एकाएक किसानका आन्दोलनले चर्चा पायो। एक महिना अघिदेखि चलेको किसानको आन्दोलनलाई यसअघि भारतीय मिडियाले खासै महत्त्व दिएका थिएनन्।यो चर्चासँगै जोडिएको नाम हो– रिहान्ना। उनी गायिका, नायिका र व्यवसायी महिलाका रूपमा परिचित छिन्।

">