बढी शुल्क फिर्ता नगर्ने मेडिकल कलेजलाई कारवाही गरिने

काठमाडौं। सरकारले तोकेको भन्दा बढी शुल्क लिएका मेडिकल कलेजले एक महीनाभित्र शुल्क फिर्ता नगरे कारवाही प्रक्रिया अगाडि बढाउने भएको छ।

आज गृह मन्त्रालयमा गृहमन्त्री रामबहादुर थापा, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलसहित दुई मन्त्रालयसम्बद्ध पदाधिकारीको बैठकले तोकेको भन्दा बढी शुल्क लिएका मेडिकल कलेजले शुल्क फिर्ता गर्नुपर्ने निर्णय गरेको हो।

बैठकमा गृहमन्त्री थापाले मेडिकल शिक्षाको शुल्क २०७२ सालमा तोकिएपछिको अवधिमा लिएको बढी शुल्क फिर्ता गराउन राजनीतिक समाधान र कानुनी कारवाही दुवै प्रक्रिया अघि बढाइने बताए।

शिक्षामन्त्री पोखरेलले गतवर्ष मन्त्रिपरिषद्को बैठकले बढी शुल्क लिए सम्बन्धित कलेज रहेको जिल्ला प्रशासन कार्यालयमा उजुरी दिन सक्ने निर्णय गरेको बताए।

बैठकमा गृहसचिव प्रेमकुमार राई, शिक्षा सचिव महेश दाहाल, त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्राडा सुधा त्रिपाठी, चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष प्राडा श्रीकृष्ण गिरी, त्रिवि चिकित्साशास्त्र सङ्कायका डिन डा जगदीश अग्रवाल, काठमाडौँ विश्व विद्यालयका डिन राजेश कोजुलगायतको उपस्थिति थियो।

सरकारले एमबीबीएस अध्ययनका लागि काठमाडौं उपत्यकाभित्र ३८ लाख ५० हजार र उपत्यकाबाहिर ४२ लाख ५० हजार रूपैयाँ शुल्क तोकेको छ।

रासस

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्