झापा। कनकाईमा रहेका भूमिहीन दलित, सुकुम्बासी तथा अव्यवस्थितरूपमा वर्षौदेखि बसोबास गर्दै आएका १० हजार बढी नगरवासीलाई धनीपुर्जा वितरणको तयारी अन्तिम चरणमा पुगेको छ ।
जनप्रतिनिधिले स्थानीय तहको जिम्मेवारी सम्हालेसँगै धनीपुर्जा वितरणको कार्यलाई पहिलो प्राथमिकतामा राखेको बताउँदै मेयर राजेन्द्र पोखरेलले विभिन्न बाधा व्यवधानबीच पनि निर्वाचनमा गरेको प्रतिबद्धता पूरा गर्न लागेको बताए।
नगरभित्रका बाटो सडक, बिजुली बत्ती, कृषि, शिक्षा, स्वास्थ्यलगायत भौतिक पूर्वाधार निर्माणको कार्य तीव्र रुपमा भइरहेको भए पनि अब धनीपुर्जा वितरणको कार्य सम्पन्न भएसँगै निर्वाचनका समयमा जनप्रतिनिधिले गरेको प्रतिबद्धता पूरा हुने मेयर पोखरेलले बताए।
कनकाई नगरपालिकाको सबै वडामा लगत सङ्कलन तथा दर्ता शिविरको कार्य तीव्रताका साथ भइरहेका कारण यसै आर्थिक वर्षभित्रमा कनकाई नगर क्षेत्रका १० हजारभन्दा बढी घरपरिवारलाई जग्गाधनी दर्ता पुर्जा वितरण गर्ने तयारी भइरहेको मेयर पोखरेल बताए।
नगरका सबै वडामा सजिलो र छिटो हुने प्रविधि टोटल स्टेशनबाटै जिपिएस प्रविधिबाट जग्गा नाप्ने काम समेत सम्पन्न भइसकेकाले हाल वडा कार्यालयमा अन्य सेवाभन्दा पनि यसै कार्यका लागि थप कर्मचारीको व्यवस्थापन गरी दर्ता शिविर नै सञ्चालन गरिएको बताइएको छ ।
कनकाई नगर क्षेत्रमा वषौंदेखि जोतभोग भइरहेका जमीनको धनीपुर्जा वितरणका लागि यसअघि पनि विभिन्न चरणमा आएका भूमिसम्बन्धी समस्या समाधान आयोगले धनीपुर्जा वितरणको काम गर्न नसक्दा स्थानीयवासीले गुनासो गर्दै आएका थिए ।
बसोबासका लागि बढीमा एक कठ्ठा र कृषियोग्य जमीनका लागि पाँच कठ्ठा १८ धुर जमीन जोतभोगका आधारमा कनकाईवासीले निःशुल्क पाउने र बढीमा डेढ बिघासम्म जमीन केही सीमित शुल्क लिएर धनीपुर्जा वितरण गरिने तयारी रहेको मेयर पोखरेलले बताए।
रासस
" /> झापा। कनकाईमा रहेका भूमिहीन दलित, सुकुम्बासी तथा अव्यवस्थितरूपमा वर्षौदेखि बसोबास गर्दै आएका १० हजार बढी नगरवासीलाई धनीपुर्जा वितरणको तयारी अन्तिम चरणमा पुगेको छ ।जनप्रतिनिधिले स्थानीय तहको जिम्मेवारी सम्हालेसँगै धनीपुर्जा वितरणको कार्यलाई पहिलो प्राथमिकतामा राखेको बताउँदै मेयर राजेन्द्र पोखरेलले विभिन्न बाधा व्यवधानबीच पनि निर्वाचनमा गरेको प्रतिबद्धता पूरा गर्न लागेको बताए।

">